काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नयाँ भर्ना सम्वन्धी जरुरी सुचना प्रकाशन गरेको छ ।
त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालयको परीक्षा शाखाले स्नातकोत्तर तह २०७७ को नयाँ विद्यार्थी भर्ना सम्वन्धी सूचना निकालेको हो ।
संस्थान अन्तर्गतका केन्द्रीय विभाग आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रडिङ सिस्टम अनुसार स्नातकोतर तह २०७७ सालको नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षाको कार्यक्रम प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
अनलाइन आवेदन बैशाख ९ गतेदेखि सुरु हुने र २८ गतेसम्म तथा दबल दस्तुर तिरी जेठ २ गतेसम्म बुझाउनुपर्ने छ । प्रवेश परीक्षा जेठ ८ गते संचालन हुने छ भने परीक्षा हुने समय र केन्द्र भने पछि तोकिने सूचनामा भनिएको छ ।
विस्तृतका लागि हेर्नुहोस् सूचना:
वि.सं.२०७८ वैशाख २ बिहीवार १९:०६ मा प्रकाशित