काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा निर्यात २०.२३ प्रतिशतले बढेको छ भने आयात १३.१२ प्रतिशत रहेको छ ।
भन्सार विभागका अनुसार गत चैत मसान्तसम्ममा ७८ अर्ब ८१ करोड ८६ लाख ६१ हजार रुपैयाँको वस्तु तथा सेवा निर्यात भएकोमा यो वर्षको चैतसम्ममा निर्यात २०.२३ प्रतिशतले बढेर ९४ अर्ब ७६ करोड ७१ लाख १० हजार रुपैयाँ पुगेको छ ।
यस्तै गत चैतमा ९ खर्ब ८२ अर्ब ५३ करोड ३८ लाख ४० हजार रुपैयाँ रहेकोमा यो चैतसम्ममा निर्यात १३.१२ प्रतिशतले बढेर ११ खर्ब ११ अर्ब ३ करोड ५४ लाख ५७ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा वस्तु तथा सेवाको आयात १ खर्ब २८ अर्ब ८६ करोड ६ लाख १७ हजार रुपैयाँले बढेको छ ।
विभागमा अनुसार यो चालु आवको नौ महिनामा व्यापार घाटा १२.४९ प्रतिशतले बढेको छ । गत आवको ९ महिनामा ९ खर्ब ३ अर्ब ७१ करोड ६१ लाख ७९ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।
वि.सं.२०७८ वैशाख १० शुक्रवार १२:४६ मा प्रकाशित