काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य घटेको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले गिरवाट आएको छ ।
शुक्रवार तोलाको ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आजका लागि भने घटेर ९१ हजार ३ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको ९० हजार ८ सय तोकिएको छ ।
यस्तै, आइतबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । प्रतितोला १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ । अघिल्लो दिन १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०७८ वैशाख १२ आइतवार १०:३७ मा प्रकाशित