back
NMB ad

कुमारी बैंकको नाफामा उल्लेख्य सुधार, वितरणयोग्य नाफा १ अर्ब नजिक

Kumari bank ad

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आईपुग्दा १ अर्ब ८० करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ७८.५८ प्रतिशत बढीले हो ।

बैंकले गत आवको सोही अवधिमा १ अर्ब १ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ९८ करोड ४६ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको सुधारले नाफा बढाउन समेत सहयोग गरेको देखिएको छ ।

गत आवको तेस्रो त्रैमासमा २ अर्ब ७५ करोड २६ लाख ८४ हजार रहेकोमा चालु आवको सोही अवधिमा ३ अर्ब ८२ करोड ७२ लाख १७ हजार रुपैयाँ रहेको छ । यो अवधिमा खुद ब्याज आम्दानी ३९.०४ प्रतिशतले बढेको छ ।

यस्तै बैंकको सञ्चालन मुनाफा २ अर्ब ५९ करोड ६७ लाख ७६ रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिको तुलनामा ७४.४९ प्रतिशतले बढेको छ । बैंकको चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

१ खर्ब २७ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब १६ अर्ब ५४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा ०.९८ प्रतिशतबाट बढेर १.०९ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३७ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ १३५ रुपैयाँ ४९ पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख १२ आइतवार ११:१४ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...