back
NMB ad

एक महिनामै ३७ प्रतिशतले बढ्यो सुनका गहना निर्यात, सबैभन्दा बढी अमेरिकामा

Kumari bank ad

काठमाडौं । एक महिनाको अवधिमा गहना निर्यात ३७ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङक अनुसार फागुनको तुलनामा चैत महिनामा नेपालबाट सुनका गहना निर्यातमा बढोत्तरी देखिएको हो ।

चालु आर्थिक वर्षको नौ महिनामा २५ करोड ९५ लाख ८२ हजार रुपैयाँको गहना निर्यात भएको छ । फागुन मसान्तसम्ममा १८ करोड ९४ लाख ६४ हजार रुपैयाँ बराबरको सुनका गहना निर्यात भएको विभागले जनाएको छ । विभागका अनुसार चालु आवको सुरु देखि नै गहनाको निर्यात बढिरहेको छ ।

नेपालबाट अष्ट्रेलिया, हङकङ, अमेरिका लगायतका देशहरुमा सुनका गरगहनाको निर्यात हुने गरेकोे छ । विशेषगरी विदेशी मुलुकमा बन्न नसक्ने नेपाली मौलिक गर गहना नेपालबाट निर्यात हुने गर्दछ । विभागका अनुसार पछिल्लो समयमा नेपालीहरुको बसोबास बढी भएका मुलुकहरुमा गहना निर्यात हुने गरेको छ ।

निर्यात हुने मुलुकमध्ये पहिलोमा अमेरिका रहेको छ । विभागका अनुसार नौ महिनामा अमेरिकामा मात्रै १७ करोड ७९ लाख ७३ हजार रुपैयाँ बराबरको गहना निर्यात भएको छ ।

दोस्रोमा हङ्कङ् रहेको छ । हङकङमा ५ करोड १९ लाख ९७ हजार रुपैयाँ बराबरको गहना निर्यात भएको तथ्याङकमा उल्लेख छ । अष्ट्रेलियमा भने २ करोड ९६ लाख १२ हजार रुपैयाँ बराबरको सुनका गहना निर्यात भएको विभागले जनाएको छ ।

वि.सं.२०७८ वैशाख १२ आइतवार १२:१० मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...