back
NMB ad

६९ प्रतिशतले बढ्यो राष्ट्रिय सहकारी बैंकको नाफा : कति कमायो ? यस्तो छ वित्तीय विवरण

Kumari bank ad

काठमाडौ ।  राष्ट्रिय सहकारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६२ करोड ८५ लाख २१ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकले मंगलबार सार्वजनिक गरेको लेखा परिक्षण नभएको वित्तीयविवरण (अपरिष्कृत)ले यस्तो देखाएको हो ।

बैंकको गत आवको सोही अवधिमा ३७ करोड १२ लाख ६८ हजार रुपैयाँ नाफा गरेको थियो । गत वर्षका तुलनामा यो वर्ष बैंकको नाफा ६९प्रतिशतले वृद्धि भएको हो ।

यस अविधमा बैंकको खुद ब्याज आम्दानी बढेर १ अर्ब २१ करोड ३३ लाख ९५ हजार रुपैयाँ पुगेको छ । गतवर्षको सोही अवधिमा खुदब्याज आम्दानी ७१ करोड ९७ लाख ९६ हजार रुपैयाँ रहेको थियो ।

बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीयविवरण अनुसार यस अवधिमा बंैकको सेयर पूँजी २ अर्ब ८६ करोड ९ लाख ३० हजार सहित ५९ अर्ब ४५ करोड ४३ लाख ७२ हजार निक्षेप संकलन गरी ३३ अर्ब ११ करोड ७४ लाख७८ हजार रुपैयाँ कर्जा लगानी रहेको छ । त्यस्तै बैंकको जगेडा कोषमा ९१ करोड ३४लाख ७५ हजार रुपैयाँ रहेको छ ।

हालदेशका ७७ वटै जिल्लाका सबै प्रकृतिका सहकारी संघ/संस्थाहरु गरी १३ हजार २ सय ८ वटा भन्दा बढी सदस्यहरु रहेका छन । बैकको एक वटा केन्द्रीय कार्यालय सहित ७ वटै प्रदेशमा६८ वटा शाखाकार्यालय मार्फत आफ्ना सदस्यहरुलाई सेवादिई रहेको छ ।

आफ्ना सदस्य सहकारी संघ/संस्थाहरुलाई दिने सेवामा संधै अब्बल रहेको बैंकले नाफामा पनि आक्रमक रुपमा वृद्धि गरेको बैंकका अध्यक्ष के.बी उप्रेतीले बताउनुभयो ।

बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा १५ प्रतिशतले लाभाशं वितरण गरेको थियो । बैंकमा कारोबार गर्ने सदस्य सहकारी संघ÷संस्थाहरुलाई सहकारी ऐन २०७४ तथा सहकारी नियमावली २०७५ को प्रावधान अनुसार बचत र कर्जा कारोबार गर्ने १२ हजार ४६ वटा सदस्य सहकारी संघ/संस्थाहरुलाई संरक्षित पूँजी फिर्ता कोषबाट रकम समेत बाँडफाँड गरिसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाँईले जानकारी दिनुभयो ।

वि.सं.२०७८ वैशाख १४ मंगलवार १७:४० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...