back
NMB ad

जीवन बीमा कम्पनीले ९ महिनामा आर्जन गरे ९४ अर्ब बीमा शुल्कः पुरानालाई नयाँसँग चुनौती, कुनको कति ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा जीवन बीमा कम्पनीको व्यवसाय विस्तार तिब्र रुपमा भएको छ । कोरोनाको संक्रमण हुँदा तथा संक्रमण न्यून हुँदा पनि बीमा कम्पनीहरुले व्यवसाय आक्रमक रुपमा लागेका छन् ।

यो अवधिमा जीवन बीमा कम्पनीको ९३ अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । चैत महिनामा मात्रै २२ अर्ब ६५ करोड रुपैयाँ बीमा शुल्क आर्जन भएको बीमा समितिले जनाएको छ ।

यो अवधिमा कम्पनीहरुले प्रथम बीमा शुल्क ३२ अर्ब ४६ करोड रुपैयाँ आर्जन गरेका छन् । यस्तै नवीकरण शुल्क ६० अर्ब ९६ करोड रुपैयाँ आर्जन गरेका छन् । वैदेशक रोजगारीतर्फ ४४ करोड रुपैयाँ रहेको छ ।

बीमा समितिका अनुसार माघ मसान्तसम्ममा नेपाल लाइफले सबैभन्दा बढी २५ अर्ब ३८ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । प्रथम बीमा शुल्कको हिस्सा ६ अर्ब ९७ करोड रुपैयाँ रहेको छ भने नवीकरण बीमा शुल्क १४ अर्ब ३८ करोड रुपैयाँ र वैदेशिक रोजगार बीमा शुल्क ३ करोड रुपैयाँ संकलन गरेको छ ।

दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेशन रहेको छ । कर्पाेरेशनले १३ अर्ब ६६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । प्रथम बीमा शुल्क २ अर्ब ९४ करोड रुपैयाँ रहेको छ भने नवीकरणतर्फ १० अर्ब ७२ करोड रुपैयाँ रहेको छ ।

सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ९१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा ६५ अर्ब प्रथम बीमा शुल्क, ६ अर्ब २६ करोड रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ ।

९ महिनाको अवधिमा नेशनल लाइफ इन्स्योरेन्सले ८ अर्ब ७५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा २ अर्ब ९१ करोड रुपैयाँ प्रथम बीम शुल्क, ५ अर्ब ८१ करोड रुपैयाँ नवीकरण बीमा शुल्क र ३ करोड रुपैयाँ वैदेशिक रोजगार बीमा शुल्क आर्जन गरेको समितिको तथ्याङकमा उल्लेख छ ।

यता मेट लाइफले ४ अर्ब ३ करोड रुपैयाँ बीमा शूल्क आर्जन गर्दा प्रथम बीमा शुल्क १ अर्ब १६ करोड र नवीकरण बीमाशुल्क २ अर्ब ८७ करोड रुपैयाँ रहेको छ ।

एसियन लाइफले चैत महिना सम्ममा ४ अर्ब ६४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । प्रथम बीमा शुल्क १ अर्ब ७० करोड र नवीकरण शुल्क २ अर्ब ९४ करोड रुपैयाँ रहेको छ ।

सूर्य लाइफले नौ महिनाको अवधिमा ३ अर्ब २७ करोड रुपैयाँ बीमा शूल्क आर्जन गर्दा प्रथम बीमा शुल्क १ अर्ब ५८ करोड र नवीकरण बीमा शूल्क १ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेकोे छ ।

समितिका अनुसार गुँरास लाइफ इन्स्योरेन्सले यो अवधिमा ३ अर्ब ५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शूल्क १ अर्ब ४२ करोड र नवीकरण शूल्क १ अर्ब ६३ करोड रुपैयाँ बीमा शुल्क आर्जन रहेको छ ।
प्राइम लाइफले ३ अर्ब १० करोड रुपैयाँ बीमा शूल्क आर्जन गर्दा प्रथम बीमा शुल्क १ अर्ब ८ करोड र नवीकरण बीमा शुल्क २ अर्ब रुपैयाँ रहेको छ भने वैदेशिक रोजगार तर्फ २ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै आईएमई लाइफ इस्योरेन्सले १ अर्ब ८९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क १ अर्ब १ करोड रुपैयाँ र नवीकरण बीमा शुल्क ८८ करोड रुपैयाँ रहेको छ ।

बीमा समितिका अनुसार यूनियन लाइफले ५ अर्ब १६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा २ अर्ब ५२ करोड प्रथम बीमा शुल्क, २ अर्ब ६२ करोड रुपैयाँ नवीकरण बीमा शुल्क र वैदेशिक रोजगार बीमा शुल्क २ करोड रुपैयाँ आर्जन गरेको छ ।

ज्योति लाइफले माघ मसान्तसम्ममा २ अर्ब २८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क १ अर्ब ४१ करोड र नवीकरण बीमा शुल्क ८७ करोड रुपैयाँ आर्जन गरेको छ ।

सन नेपाल लाइफ १ अर्ब ६८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा प्रथम बीमा शुल्क ६९ करोड, नवीकरण बीमा शुल्क ७४ करोड रुपैयाँ र वैदेशिक रोजगार बीमाशुल्क २५ करोड रुपैयाँ आर्जन गरेको छ । यता रिलायन्स लाइफले १ अर्ब ९१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा प्रथम बीमा शुल्क १ अर्ब १३ करोड र नवीकरण बीमा शुल्क ७८ करोड रुपैयाँ रहेको छ ।

रिलायबल लाइफले २ अर्ब ३२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क १ अर्ब ७१ करोड र नवीकरण बीमा शुल्क ६० करोड रुपैयाँ संकलन गरेको छ भने वैदेशिक रोजगार बीमा शुल्क १ करोड रुपैयाँ आर्जन गरेको छ ।
सिटिजन लाइफले २ अर्ब ५४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा १ अर्ब ४४ करोड प्रथम बीमा शुल्क र १ अर्ब ३ करोड नवीकरण बीमा शुल्क तथा ७ करोड वैदेशिक रोजगार बीमाशुल्क आर्जन गरेको छ ।

सानिमा लाइफले १ अर्ब ४८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा ९६ करोड प्रथम बीमा शुल्क र ५२ करोड नवीकरण बीमशुल्क आर्जन गरेको छ । प्रभु लाइफ इन्स्योरेन्सले १ अर्ब १३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क ७१ करोड र नवीकरण ४२ करोड रुपैयाँ रहेको छ ।

सबैभन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्सले ६८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क ४७ करोड नवीकरण बीमा शुल्क २० करोड रुपैयाँ र वैदेशिक रोजगार बीमा शुल्क १ करोड रुपैयाँ आर्जन गरेको समितिको तथ्याङकमा उल्लेख छ ।

वि.सं.२०७८ वैशाख १५ बुधवार १७:२२ मा प्रकाशित

You can share this post!

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...