काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको वार्षिक साधारणसभा स्थगन भएको छ । बैशाख ३१ हुने हुने भनिएको कम्पनीको साधारणसभा कोभिडका कारण स्थगन भएको हो ।
एक सूचना निकाल्दै कम्पनीले शनिबार बसेको संचालक समितिको बैठकले कोभिड १९ को नयाँ संक्रमणको कारण नेपाल सरकारबाट निषेधाज्ञा जारी गरेको अवस्था र विषम परिस्थितिलाई मध्यनजर गर्दै अब अर्को निर्णय र सूचना प्रकाशित नभएसम्मका लागि सभा स्थगन गर्ने जानकारी दिएको छ ।
सभा वैशाख ३१ गते कम्पनीको प्रधान कार्यालय, कमलादीमा हुने भनिएको थियो ।
वि.सं.२०७८ वैशाख १९ आइतवार ११:४७ मा प्रकाशित