back
NMB ad

लोभलाग्दो नाफा कमाएको सानिमा जनरलको अन्य सूचक कस्ता ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । सानिमा जनरल इस्योरेन्सले निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड ८१ लाख ७० हजार रुपैयाँ खुन नाफा आर्जन गरेको छ ।

कम्पनीले गत आवको सोही अवधिको तुलनमा १ सय प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड ८९ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले चैतमसान्तसम्म कुल ४६ करोड ४६ लाख २८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिको तुलनमा ७६.४५ प्रतिशतले बढी हो ।

गत वर्ष कम्पनीले २६ करोड ३३ लाख ६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । तेस्रो त्रैमासम्म कम्पनीको कुल दावी भुक्तानी रकम १५ करोड २६ लाख ६८ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा भने ५ करोड ५७ लाख ६४ हजार रुपैयाँ दावी भुक्तानी गरेको थियो ।

यो वर्ष कुल दावी भुक्तानी संख्या १ हजार ७०३ रहेको छ । गत वर्षको सोही अवधिमा ६३२ रहेको थियो । चैतमसान्तसम्म भुक्तानी हुन बाँकी दावी रकम भने २३ करोड ९४ लाख ६७ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा १० करोड ४९ लाख ६९ हजार रुपैयाँ बाँकी रहेको थियो । यस्तै, भुक्तानी हुन बाँकी दावी संख्या १ हजार २४५ रहेको छ ।

कम्पनीको चुक्तापूँजी १ अर्ब पुगेको छ । जगेडा तथा कोषमा ७ करोड ५९ लाख ५५ हजार रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८० पैसा, प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ ०६ पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख १९ आइतवार १२:४६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...