back
NMB ad

केन्द्रीय कार्यालयमा २०, शाखामा २५ % भन्दा कम कर्मचारी राखेर सेवा दिन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थलाई केन्द्रीय कार्यालयमा २० प्रतिशत र शाखा कार्यालयमा २५ प्रतिशत भन्दा कम कर्मचारी राखेर सेवा दिन निर्देशन दिएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै कोरोना भाइरसको संक्रमण बढेसँगै न्यून कर्मचारी राख्ने तथा सकेसम्म सूचना प्रविधिको प्रयोग घरबाटै तथा रिमोट एक्सिस बाट काम गन समेत निर्देशन दिएको छ ।

राष्ट्र बैंकका अनुसार बैकल्पिक शाखा कार्यालयबाट आलोपालो गर सेवा दिन, बन्द हुने शाखा कार्यालयको मुल ढोका, संस्थाको वेबसाइट तथा सामाजिक, सञ्जाल समेतमा सेवा सम्बन्धी सोधपुछको लागि सम्पर्क व्यक्तिको सम्पर्क नम्बर, सेवा प्राप्त गर्न सकिने बैकल्पिक शाखा खुला रहने सूचना दैनिक रुपमा प्रकाशन गर्न आग्रह गरेको छ ।

राष्ट्र बैंकका अनुसार संक्रमण जोखिमलाई ध्यान दिई सेवाग्राहीलाई सम्भव भएसम्म फेस टु फेस बैंकिङ सेवा भन्दा विद्युतीय माध्यमबाट सेवा प्रदान गर्नेमा जोड दिन निर्देशन दिएको छ ।

यस्तै महामारीको हालको अवस्थामा सूचना प्रविधिको अत्यधिक प्रयोग गरी बैंक तथा वित्तीय संस्थाका अधिकांश कार्य विद्युतीय माध्यमबाट सम्पादन गर्नुपर्ने भएकोले यसबाट उत्पन्न हुन सक्ने जोखिम तथा यसको दुरुपयोगप्रति समेत चनाखो रही आवश्यक जोखिम व्यवस्थापन गर्ने निर्देशन समेत रहेको छ ।

वि.सं.२०७८ वैशाख १९ आइतवार १३:१८ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...