back
NMB ad

कोरोना देखाएर साधारणसभा धकेल्न थाले सूचीकृत कम्पनी, अब कुनको कहिले ?

Kumari bank ad

काठमाडौं । हरेक सूचिकृत कम्पनीले पुसमसान्तसम साधारणसभा गरिसक्नुपर्ने हुन्छ । तर कतिपय संस्थाले समयमा नै साधारणसभा नगरेर लगानीकर्तालाई धेरै नै अन्यौलता सृजना गरेका छन् ।

यसअघि समयमा नै साधारणसभा नगरेका कम्पनीले अब कोरोनाका कारण तत्काल साधारणसभा गर्न सक्ने सम्भावना न्यून रहेको देखिएको छ ।

वैशाखको अबका बाँकी दिनमा ५ कम्पनीको साधारणसभा गर्नको लागि समय समेत तोकि सकेको थियो । कोरोनाका कारण ती कम्पनीको साधारणसभा समयमा नै हुने वा नहुनेमा आशंका देखिन थालेको छ ।

अहिलेसम्म साधारणसभाका लागि गोर्खाज फाइनान्स, रिलयान्स फाइनान्स, घलेम्दी हाइड्रो, जनरल इन्स्योरेन्स र बेष्ट फाइनान्सले समय तय गरिसकेका छन् । यद्यपि, बेष्ट फाइनान्सले भने बैशाख ३१ गते गर्ने भनेको साधारणसभा तत्कालको लागि स्थगन गर्ने भएको छ ।

आज सूचना निष्काशन गर्दै कोभिड–१९ को नयाँ संक्रमणको कारण सरकारबाट निषेधाज्ञा जारी गरेको अवस्था र विषम परिस्थितिलाई मध्यनजर गर्दै अब अर्को निर्णय र सूचना प्रकाशित नभएसम्मका लागि सभा स्थगन गरेको जनाएको छ ।

बाँकी चार कम्पनीले भने निषेधाज्ञाको समयमा तय गरेको सभा के गर्छन् भन्ने विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । यी कम्पनीहरुले भौतिक दुरी कायम गरेर समेत सभा गर्न सक्ने अवस्था छैन । भर्चुअल रुपमा गर्ने वा त्यो पनि स्थगन गर्ने भनेर कुनै जानकारी गराएका छैनन् ।

वैशाख २१ गते अर्थात मंगलबार गोर्खाज फाइनान्सले २६ औँ साधारणसभा बोलाएको छ । यसको लागि वैशाख ६ देखि २१ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ ।

यस्तै, वैशाख २२ गते बुधवार रिलायन्स फाइनान्सले साधारणसभा बोलाएको छ । उक्त सभामा आर्थिक वर्ष २०७६-७७ को मुनाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश पारित गर्दैछ । यसको लागि बैशाख १० गते बुक क्लोज गरिसकेको छ ।

त्यसैगरि घलेम्दी हाइड्रोको सातौँ साधरणसभा वैशाख २३ गते गर्ने भएको छ । सभाले लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव लैजाँदै छ । सभा प्रयोजनका लागि बैशाख १६ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

जनरल इन्स्योरेन्स कम्पनीले नेपालले वैशाख २६ गते साधारसभा गर्ने मिति तय गरेको छ । सभामा लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव लैजाँदै छ । यसको लागि वैशाख १० गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्दैछ ।

वि.सं.२०७८ वैशाख १९ आइतवार १५:१७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...