काठमाडौं । संस्कृति, पर्यटन तथा नगारिक उडड्यन मन्त्री भानुभक्त ढकाल र उहाँको धर्मपत्नी इन्दिरा फूयाँललाई कोभिड पोजेटिभ देखिएको छ ।
मन्त्री ढकालले सामाजिक सञ्जाल फेसबुक मार्फत स्वाब परीक्षणमा दुवै जनालाई कोरोना पोजेटिभ देखिएको जानकारी गराउनु भएको छ ।
उहाँका अनुसार अहिलेसम्म दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने अहिले निवासमै आराम गरिरहेको जानकारी मन्त्री ढकालले गराउनु भएको छ ।
पछिल्लो समयमा आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई सावधानी र सजगता अपनाउन समेत आग्रह गर्नुभएको छ ।
वि.सं.२०७८ वैशाख १९ आइतवार १७:३१ मा प्रकाशित