back
NMB ad

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा झिनो सुधार, बीमा शुल्क ११४ प्रतिशतले बढ्यो

Kumari bank ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार तेस्रो त्रैमासमा १० करोड १ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २.०३ प्रतिशतले मात्रै बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ८१ लाख ३७ हजार रुपैयाँ नाफा गरेको थियो ।

कम्पनीले यस त्रैमाससम्ममा १ अर्ब ८९ करोड ५४ लाख ३९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ११४ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा ८८ करोड १९ लाख ७७ हजार रुपैयाँँ आर्जन गरेको थियो ।

यस्तै, तेस्रो त्रैमासम्ममा कुल कायम रहेको बीमालेखको संख्या १ लाख ४९ हजार २२ रहेको छ । तेस्रो त्रैमाससम्ममा कुल दावी भुक्तानी रकम ३४ करोड ११ लाख ३ हजार रुपैयाँ छ भने कुल दावी भुक्तानी संख्या १९३ रहेको छ ।

चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा ४५ करोड ५ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ सञ्चित गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ दशमलव ५४ र प्रतिसेयर नेटवर्थ १३५ दशमलव ७५ रहेको छ ।

वि.सं.२०७८ वैशाख २० सोमवार १२:१० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...