back
NMB ad

तीन दर्जन बढी माइक्रोफाइनान्स कम्पनीको लोभलाग्दो नाफा, कुनले कति कमाए ? (सूचीसहित)

Kumari bank ad

काठमाडौं । विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीको बीचमा पनि माइक्रोफाइनान्स कम्पनीको नाफा लोभलाग्दो रुपमा बढेको छ ।

अहिलेसम्म ३९ वटा माइक्रोफाइनान्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय अवस्था प्रकाशित गरेका छन् । चैत मसान्तसम्ममा ३९ वटा माइक्रोफाइनान्स कम्पनीले ५ अर्ब ४६ करोड ९८ लाख ९८ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११४.१० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा माइक्रोफाइनान्स कम्पनीहरुले २ अर्ब ५५ करोड ४७ लाख ६९ हजार रुपैयाँ नाफा आर्जन गरेको कम्पनीले नै प्रकाशित गरेको वित्तीय अवस्थामा उल्लेख छ ।

प्रकाशति वित्तीय अवस्था अनुसार ३९ कम्पनीमध्ये सबैभन्दा धेरै छिमेक लघुवित्तले वित्तीय संस्थाले नाफा आर्जन गरेको छ । चालु आवको तेस्रो त्रैमाससम्ममा ९५ करोड ५९ लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा कम्पनीको नाफा ५९.८९ प्रतिशतले बढी हो । कम्पनीले गत वर्ष ५९ करोड ७९ लाख ९० हजार नाफा कमाएको थियो । प्रतिशतको आधारमा हेर्नेहो भने सबैभन्दा बढी नाफा गर्ने कम्पनीमा घरेलु लघुवित्त रहेको छ ।

नाफा रकमको आधारमा सबैभन्दा कम आदर्श लघुवित्त वित्तीय संस्थाको रहेको छ । कम्पनीले चालु आवको तेस्रो तैमाससम्म १५ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ लाख ४० हजार रुपैयाँ नाफा कमाएको थियो ।

हेर्नुहोस्, कुनको कति ?

वि.सं.२०७८ वैशाख २० सोमवार १८:५९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...