back
NMB ad

सहकारी संस्थाको वित्तीय कारोबार विद्युतीय माध्यमबाट गर्न नेफ्स्कूनले सुरु गर्यो विद्युतीय भुक्तानी सेवा

Kumari bank ad

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा विद्युत्तीय भुक्तानी सेवा सुरु गरेको छ । संघमा आवद्ध बचत तथा ऋण सहकारी संस्थाहरुको वित्तीय कारोबारलाई विद्युतीय माध्यमबाट सञ्चालन गर्न सहजीकरण गर्न भन्दै यस्तो सेवा सुरु गरेको हो ।

संघले संस्था–संस्था बीच स्वचालित प्रणाली मार्फत कारोबार गर्ने प्लेटफर्मको बिकास गरेको छ । उक्त प्लेटफर्म मार्फत संस्थाहरुले सञ्चालन गरिरहेका जुनसुकै सफ्टवेयर (सिबीएस) मार्फत ए पी आई को माध्यबाट पूर्ण स्वचालित कारोबार गर्न सक्नेछन् भने यस प्लेटफर्म मार्फत गरिएको कारोबारको सेटलमेन्ट संघले गर्ने छ ।

उक्त सेवा मार्फत संघमा आवद्ध सबै संस्थाहरुको भुक्तानी पुर्जा संघका कुनै पनि सदस्य संस्थामा गई सहटी गर्न सक्नेछन् । साथै मोबाईल बैंकिङ्ग प्रविधिको उपयोग गरी संस्था–संस्था र सदस्यहरु बीचमा रकम स्थानान्तरण, संस्थाका सदस्यले संघमा आवद्ध कुनै पनि संस्थाबाट बचत जम्मा गर्न तथा फिर्ता लिन सक्षम हुनेछन् ।

संस्थाका सदस्यहरुले आफुलाई पायक पर्ने संघको सदस्य संस्थामा गई बचत जम्मा गर्न, बचत फिर्ता लिन तथा मोबाईल बैंकिङ्ग प्रविधि मार्फत समेत बचत जम्मा गर्ने, भुक्तानी दिने, रकमान्तर गर्न सक्नेछन् ।

कोरोनाको समयमा संस्थाहरुलाई आफ्नो सेवा प्रवाहमा सहजता प्राप्त हुने तथा सदस्यहरुले समेत सजिलै भुक्तानी प्राप्त गर्न र भुक्तानी दिन सक्नेछन् । विभिन्न संस्थाहरुमा सफल परीक्षण भइसकेककोले यस सेवामा आवद्धता हुन सबै सदस्य संस्थाहरुलाई संघले अनुरोध गरेको छ ।

निकट भविष्यमै एउटा संस्थाका सदस्यहरुले बचत, ऋण, बिमा, विप्रेषण भुक्तानी व्यवस्थापन र पुँजी निर्माण जस्तो सबै वित्तीय समाधान विद्युतीय माध्यमबाट सहज प्राप्त गर्न सक्ने गरी काम भइरहेको समेत संघले जनाएको छ ।

वि.सं.२०७८ वैशाख २१ मंगलवार ०९:३६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...