back
NMB ad

साउन १ देखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार हुने पक्का, राजपत्रमा सूचना प्रकाशित

Kumari bank ad

काठमाडौं । निजी क्षेत्रमा काम गर्ने श्रमिकले साउन १ गतेबाट न्यूनतम १५ हजार रुपैयाँ तलब पाउने भएका छन् ।

सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार अब श्रमिकले न्यूनतम तलब ९ हजार ३८५ र महंगी भत्ता ५ हजार ६१५ रुपैयाँ सहित १५ हजार तलब पाउने भएका छन् । अब मजदुरले दैनिक ५७७ रुपैयाँ पारिश्रमिक पाउनु पर्ने छ । यो भनेको प्रतिघन्टा ७७ रुपैयाँ हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार पुर्याउने घोषणा गर्नु भएको थियो । सोही अनुसार नै राजपत्रमा सूचना नै प्रकाशित भएको छ ।

प्रकाशित सूचना अनुसार उक्त पारिश्रमिक चिया बगान बाहेकका श्रमिकको लागि मात्रै हो । उक्त पारिश्रमिकको अतिरिक्त श्रम ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र प्रचलित कानूनबमोजिम श्रमिकले पाउने सञ्चयकोष र उपदान लगायत सुविधा रोजगारदाताले दिनुपर्ने छ ।

वि.सं.२०७८ वैशाख २१ मंगलवार ०९:५९ मा प्रकाशित

You can share this post!

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...