काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा गरिरहेको निषेधाज्ञा वैशाख २९ गतेसम्म गर्ने निर्णय गरेको छ । आज (मंगलबार) काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकाको बैठकले निषेधाज्ञाको अवधि थप एक साता गने निर्णय गरेको छ ।
उपत्यकाका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । यो सँगै अब निषेधाज्ञा झनै कडा हुने बताइएको छ । यो सँगै अब बिहान ७ देखि ९ बजेसम्म मात्रै पसल खोल्न पाइने भएको छ ।
अब अत्यावश्यक कामबाहेक काममा घर बाहिर निस्कन रोक लगाइने भएको छ । प्रशासनले यसअघि जारी गरेका सबै पास खारेज गर्ने निर्णय गरेको छ ।
ललितपुरका सिडिओ ढुण्डी प्रसाद निरौलाका अनुसार कोरोनाको संक्रमण बढेसँगै अब बैंक तथा वित्तीय संस्थाका कर्मचारीको संख्या पनि घटाउने, निर्माण व्यवसायीलाई सहजिकरण गर्ने र राती मात्रै सञ्चालन हुने दिने विषयमा छलफल भएको छ । उहाँका अनुसार यो निर्णय भएर आउन भने बाँकी नै छ । केही समयमा नै यो विषय निर्णय भएर आउने छ ।
वि.सं.२०७८ वैशाख २१ मंगलवार १६:१० मा प्रकाशित