back
NMB ad

सरकारले कामदारको तलब बढाएको भन्दै महासंघ असन्तुष्ट, उद्योग बन्द हुने चिन्ता !

Kumari bank ad

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारले कामदारको न्यूनतम पारिश्रमिक तोकेको विषयमा असन्तुष्ट जनाएको छ ।

महासंघले ट्रेड युनियन, रोजगारदाता र सरकारको बीचमा छलफल चलिरहेको बेलामा कोभिडको दोस्रो कहर शुरु भई सहमतिमा पुग्न नसकेको अवस्थामा सरकारले एक पक्षीय रुपमा न्यूनतम पारिश्रमिक तोकेर लागु गर्ने मिति समेत राजपत्रमा उल्लेख गर्नु दुःखद भएको जनाएको छ ।

लघु, घरेलु तथा साना उद्योगीहरु कोरोना लगायतका प्रतिकुलताका कारण कतिपय बन्द भइसकेका र कतिपय बन्द हुने अवस्था रहेको स्मरण गराएको छ ।

न्यूनतम पारिश्रमिकका सम्बन्धमा सरकारले अहिले गरेको यो व्यवस्थाले लघु, घरेलु तथा साना उद्योगलाई अझै थिलोथिलो बनाई बन्द गर्ने अवस्थामा पु¥याउने निश्चित रहेको महासंघको ठहर छ ।

त्रिपक्षीय वार्तामा भएको अन्तिम सहमति अनुसार ७ सय बढाउने पक्षमा महासंघ रहेको हुँदा यो विषयमा विचार गर्न सरकार र टे«ड युनियनका साथीहरुसँग नेपाल घरेलु तथा साना उद्योग महासंघले अनुरोध गरेको छ । सरकारले श्रमीकको न्यूनतम पारिश्रमीक साउन १ गतेबाट लागु हुनेगरी १५ हजार रुपैयाँ पुर्याएको छ ।

वि.सं.२०७८ वैशाख २२ बुधवार १२:५५ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...