काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस सेयरको मूल्य समायोजन भएको छ ।
नेप्सेले बिहीवार कम्पनीको ४९ दशमलव ४० प्रतिशत बोनस सेयरको समायोजनपछि सेयरमूल्य ३ हजार ६११ रुपैयाँ तोकेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन कायम अन्तिम सेयरमूल्य ५ हजार ३९५ को आधारमा सेयरमूल्य समायोजन भएको हो ।
वि.सं.२०७८ वैशाख २३ बिहीवार ०८:५६ मा प्रकाशित