back
NMB ad

किसान लघुवित्तको नाफामा उल्लेख्य वृद्धि : कति कमायो ? यस्ता छन् अन्य सूचकहरु

Kumari bank ad

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले नाफामा उल्लेख्य वृद्धि गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्म ८ करोड ६६ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले बिहीवार सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत वर्षको सोही अवधिमा कम्पनीले ५० लाख ११ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको चुक्तापूँजी ३९ करोड २८ लाख ८ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडामा१८ करोड ३० लाख ३८ हजार रुपैयाँ राखेको छ ।

चैत मसान्तसमममा कम्पनीले ४ अर्ब ५६ करोड ३२ लाख सापटी लिएको छ । १ अर्ब ११ करोड ६६ लाख निक्षेप संकलन गरी ५ अर्ब ६३ करोड २१ लाख कर्जा लगानी गरेको देखिएको छ ।

कम्पनीले सोही अवधिमा २ करोड २९ लाख १६ हजार खराब कर्जा उठाउन सफल भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी २२ रुपैयाँ शून्य ६ पैसा, मूल्य आम्दानी अनुपात ७९ दशमलव १५, तरलता अनुपात ५२ दशमलव ९८ र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ६० पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख २३ बिहीवार १२:०३ मा प्रकाशित

You can share this post!

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....

कसरी गर्ने पदयात्राको तयारी ? थाहा पाउनुहोस् यस्ता टिप्स  

कसरी गर्ने पदयात्राको तयारी ? थाहा पाउनुहोस् यस्ता टिप्स  

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:०८

रामबहादुर थापा गण्डकी, ७ वैशाखः पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा...

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...