काठमाडौं । नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा १ लाख ५३ हजार कित्ता सेयर सूचीकृत भएको छ । बिहीवार स्वाभिमान लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीको १ लाख ५३ हजार ४२३ दशमलव ६० कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत फागुन १३ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित २० प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो ।
वि.सं.२०७८ वैशाख २३ बिहीवार १३:४५ मा प्रकाशित