काठमाडौं । साताको अन्तिम कारोबार दिन महिला लघुवित्तको १२ हजार ८४३ कित्ता सेयर खरिदबिक्री भएको छ ।
आज पनि उच्च दरमा सेयर मूल्य बढेको उक्त लघुवित्तको ६ करोड ४५ लाख ८२ हजार ५ सय रुपैयाँको सेयर कारोबार भएको हो ।
बिहीवार कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । आज ४५७ रुपैयाँले बढेर प्रतिकित्ता ५ हजार ३० रुपैयाँ पुगेको छ ।
वि.सं.२०७८ वैशाख २३ बिहीवार १७:२६ मा प्रकाशित