back
NMB ad

सफल स्मार्टफोन बन्यो रियलमी : १८३ % ले बढ्यो बजार, १ करोड बढी मोबाइल बिक्री

Kumari bank ad

काठमाडौं ।  विश्वमा तीव्र रुपमाबजार विस्तार गर्दै गएको रियलमी युरोपीयन देशहरुमा सफल स्मार्टफोन बन्न  सफलभएको छ ।

काउन्टर प्वाइन्टको रिपोर्टअनुसार सन् २०२१ को पहिलो त्रैमासिकमा रियलमीले विश्वभर १ करोड २८ लाख मोबाइलफोन बिक्री गरेको छ । विश्वका १३ देशमा विक्रीहुने मोबाइल फोनमध्येमा शीर्ष ५ स्थानमा आफुलाई स्थापित गर्दै पहिलो पटक तीन युरोपेली मुलुकमा टप ४ विक्रेताका रुपमा रियलमी देखिएकोे क्यानालिस ग्लोबल स्मार्टफोन रिपोर्टले जनाएको छ ।

सन् २०१९ देखि युरोपेली बजारमा आफ्ना उत्पादन पठाउन थालेको रियलमीले हरेक वर्ष तीव्र बजार विस्तार गर्ने कम्पनीका रुपमाआफुलाई स्थापित गरेको छ ।

पहिलो त्रैमासिकमा रियलमीले अघिल्लो वर्षको तुलनामा १८३ प्रतिशतले बजार विस्तार गरेको काउन्टर प्वाइन्ट रिसर्चले जनाएको छ ।

क्यानिालिसको रिपोर्टमा चेक गणराज्य र ग्रीसमा सबैभन्दा बढी स्मार्टफोन निर्यात गर्ने कम्पनीको चौथो नम्बरमा रियलमीलाई राखेको छ ।

यसैगरी बजार विस्तारको गतिलाई हेर्दा स्लोभेनियामा पनि रियलमी चौथो नम्बरमा छ भने रसियामा ५औँ ठूलो बजार वृद्धि गर्ने खेलाडीका रुपमा रियलमी देखिएको छ । क्यानालिसको सन् २०२१ को पहिलो त्रैमासिकको रिपोर्ट अनुसार चेक रिपल्बिकमा रियलमीले अघिल्लो वर्षको तुलनामा ४१०४ प्रतिशत र ग्रीसमा ४७७ प्रतिशतले निर्यात बढाएको छ भने रसियामा ६८२ प्रतिशतले आपूर्ति बढेको देखिएको छ ।

दक्षिणपूर्वी एसियामा रियलमीबजार विस्तारका हैसियतले उत्कृष्ट ठहरिदै फिलिपिन्समा २३ प्रतिशतबजार शेयर र ९५ प्रतिशतले वार्षिक वृद्धि गर्न सफल देखिएको छ ।

कम्बोडियामा वार्षिक वृद्धि ३७९ प्रतिशतले गरेको रियलमी इन्डोनोसिया र थाइल्याण्डमा दोब्बर अंकले बजार वृद्धि गरेर रेकर्ड राख्न सफलभएको छ । यसैगरी शीर्ष चार प्रतिस्पर्धीलाई पछ्याउँदै भारतमा रियलमी १२ प्रतिशतबजार वृद्धिका साथपाँचौँ स्थानमाआफूलाई पार्न सफल देखिएको छ ।

‘२०२१ को पहिलो त्रैमासिकमाबलियो बजार वृद्धिका साथ विश्वका विभिन्न स्थान, विशेषगरी पूर्वी युरोपमाआफ्नो बलियो छाप छाड्न सफल भएकाले गर्व महशुस भएको छ,’ कम्पनीकाकार्यकारी निर्देशक सीईओ स्काई लीले भने, ‘यसले विश्वमै नम्बर वान स्मार्टफोनका रुपमा आफुलाई स्थापित गर्न रियलमी तयार देखिएको पुष्टि हुन्छ ।’ उनले चुनौतीदेखि उन्नतिसम्मको एजेण्डासहित अत्यधिक प्रतिस्पर्धाका साथ कम्पनी दू्रतगतिमा बजार विस्तार गरी युवा पिँढीलाई सशक्तिकरण गर्नमा कम्पनी प्रतिवद्ध रहेको बताए ।

रियलमीको प्रदर्शनीबारे कमेन्ट गर्दै क्यानालिसका उपाध्यक्ष निकोल पेन्गले पछिल्लो एक वर्षको अवधिमा औषतमा हरेक तीनमहिनामा ४५ प्रतिशतले बजार विस्तार गरेको बताउँदै प्रशंसा गरेका छन् । ‘विश्वव्यापी स्मार्टफोनको बजारमानवीनकम्पनीका रुपमा रियलमीले व्यापक वृद्धि गरिरहेको छ,’ उनले भनेका छन्, ‘अघिल्लो वर्षको महामारीको समयभन्दा २७प्रतिशतले बजार विस्तारसहित करिब ३ करोड ४७ लाखमोबाइल फोन कम्पनीले ढुवानी गरेको छ । उनले युवापिँढीमाझ रियलमी व्यापक रुचाइएको बताएका छन् ।

२०२१ को पहिलो त्रैमासिकको क्यानालिसको रिपोर्टअनुसार रियलमी ढुवानीमा उत्कृष्ट ठहरिँदै १३ देशमाशीर्ष ५ स्थानमा रहेको छ र रिपोर्टअनुसार भारत, ईन्डोनोसिया, बंगलादेश, कम्बोडिया, थाइल्यान्ड, मलेसिया, फिलिपिन्स, रसिया, इजिप्ट, इजरायल, चेक गणराज्य, ग्रिस र स्लोभिया देशमा रियलमीको बजार मागउच्च देखिएको छ ।

वि.सं.२०७८ वैशाख २७ सोमवार १३:०२ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...