back
NMB ad

कोरोना संक्रमित बोक्दा हेलिकप्टरले बढी भाडा लिन थाले, प्राधिकरणमा उजुरी गर्न सकिने

Kumari bank ad

काठमाडौं । हेलिकप्टर कम्पनीहरुले कोरोना संकमित यात्रु बोक्दा यात्रुको व्यवस्थापन एवम् चालक दल तथा अन्य संलग्न कर्मचारीहरुको स्वास्थ्य जोखिम बापत थप अतिरिक्त शुल्क लिने गरेको पाइएको छ ।

कोराना संकमित यात्रुलाई ओसारपसार गर्दा हेलिकप्टर कम्पनीले लिने गरेको अतिरिक्त शुल्कलाई अझ न्युन गर्न प्राधिकरणले सबै हेलिकप्टर कम्पनीहरुलाई निर्देशन दिईसकेको जनाएको छ ।

यस्तो उडानमा बिचौलिया मार्फत हुन सक्ने अवान्छित गतिविधिलाई कडाईका साथ नियन्त्रण गर्न सबै हेलिकप्टर कम्पनीलाई सम्पर्क कर्मचारी र टेलिफोन नम्बर समेत सार्वजनिक गर्न नागरिक उडड्यन प्राधिकरणले निर्देशन दिएको छ । यसमा कुनै किसिमको गुनासो भए प्राधिकरणका पदाधिकारीलाई सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड-१९ को नयाँ भेरियन्टसहितको संक्रमण नेपालमा समेत तिव्र रुपमा बढिरहेकोले सोको रोकथाम, व्यवस्थापन तथा नियन्त्रणको लागि सरकारद्वारा नियमित आन्तरिक उडान बन्द गर्ने निर्णय समयमा कोराना सक्रमित बिरामी ओसारपसार तथा अन्य आकस्मिक उद्धार उडान सञ्चालन गर्दा हेलिकप्टर कम्पनीहरुले तोके भन्दा बढी भाडा लिएको भनी विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति प्राधिकरणको गम्भिर ध्यानाकर्षण भएको छ ।

वि.सं.२०७८ वैशाख २७ सोमवार १९:०९ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...