back
NMB ad

नेपाल इन्स्योरेन्सको नाफा २६% ले बढ्यो : भुक्तानी हुन बाँकी दावी रकम ८३ करोड, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

तेस्रो त्रैमासमा कम्पनीले १७ करोड १ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २६.८७ प्रतिशतले बढी हो । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीले १३ करोड ४० लाख ८४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले ९६ करोड ८४ लाख ३२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिका तुलनामा कम्पनीको बीमाशुल्क आर्जन रकम १२.७४ प्रतिशतले बढी हो । गत वर्षको तेस्रो त्रैमासमा ८५ करोड ८९ लाख ८० हजा रुपैयाँ आर्जन गरेको थियो ।

कम्पनीको जारी बीमालेखको संख्या १ लाख ११ हजार ७६६ र नविकरण गरिएको बीमालेखको संख्या ८ हजार ५३३ रहेको छ ।

कम्पनीले तेस्रो त्रैमासमा ४८ करोड ४८ लाख ७७ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दावी रकम भने ८२ करोड ९७ लाख ८ हजा रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्तापूँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार रुपैयाँ पुगेको छ । जगेडा तथा कोष ४० करोड १७ लाख ३५ हजार रुपैयाँ रहेको छ । कम्पनीले बीमा कोषमा ५० करोड ७१ लाख ६० हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७२ पैसा, प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ०१ पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख २८ मंगलवार ११:४१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...