back
NMB ad

चिलिमे जलविद्युतले कमायो साढे ५१ करोड नाफा, विद्युत बिक्री आम्दानी ८० करोड बढी

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा चिलिमे जलविद्युत कम्पनीले ५१ करोड ५४ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको छ ।

मंगलबार कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणले यस्तो देखिाएको हो । गत वर्षको सोही अवधिको तुलनामा नाफा ले कम हो ।कम्पनीले गत वर्षको त्रेस्रो त्रैमासमा ५२ करोड ५६ लाख ४६ हजार रुपैयाँ नाफा गरेको थियो ।

चैत मसान्तसम्म कम्पनीको विद्युत बिक्री आम्दानी ८० करोड ९२ लाख २५ हजार रुपैयाँ रहेको छ । जुन गत वर्षको सोही अवधिको भन्दा शून्य दशमलव ५८ प्रतिशत कम हो । गत वर्षको सोही अवधिमा कम्पनीले ८० करोड ३७ लाख १९ हजार विद्युत् बिक्री आम्दानी गरेको थियो ।

कम्पनीको चुक्तापूँजी ६ अर्ब २८ करोड ७ लाख ३० हजार रुपैया पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक १० रुपैयाँ ८३ पैसा, प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ४७ पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख २८ मंगलवार १२:२४ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...