back
NMB ad

निषेधाज्ञामा बीमा कम्पनी संचालन र सेवा प्रवाहका लागि समितिको आठ निर्देशन : के गर्ने, के नगर्ने ?

Kumari bank ad

काठमाडौं । कोभिड –१९ को महामारीलाई मध्येनजर गर्दै जारी निषेधाज्ञाको अवधिमा बीमा कम्पनीहरु संचालनका लागि नियमक निकाय बीमा समितिले विभिन्न मापदण्ड तय गरेको छ ।

बुधवा एक सूचना निकाल्दै समितिले बीमा कम्पनीहरुले केन्द्रिय कार्यालय संचालन गर्न र बीमा सेवा निर्वाध रुपमा प्रवाह गर्न जनस्वास्थ्य र सुरक्षाका मापदण्डसहित बढीमा १० जना कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्नुपर्ने जानकारी गराएको छ ।

बीमा सेवा सुचारु गर्नका लागि समितिबाट बीमा कम्पनीहरुका लागि पहिलो रंगको सवारी पास उपलब्ध गराइने र उक्त पास बाहेका अन्य कुन पनि पास कम्पनीहरुले आफै जारी नगर्न अनुरोध गरेको छ । यद्यपि, उपत्यकाका शाखा कार्यालयहरुको काम कारबाही पनि केन्दबाटै संचालन गर्न समितिले अनुरोध गरेको छ ।

काठमाडौं उपत्यका बाहिरका प्रादेशिक तथा शाखा कार्यालयहरु संचालनको हकमा सम्वन्धित जिल्ला प्रशासन कार्यालयसंग समन्वयन गर्नुपर्ने सूचनामा उल्लेख छ ।

सरकारबाट जारी निषेधाज्ञाका कारण बीमितहरुलार्य विद्युतीय माध्यमबाट बीमा शुल्क संकलन गर्ने व्यवस्था गर्न समितिले भनेको छ । विद्युतीय माध्यमबाट जीवन बीमा शुल्क संकलन गर्न नसकिने भएमा निषेधाज्ञा सकिएको १५ दिनसम्म व्याज नलिई संकलन गर्ने व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई अनुरोध गरेको छ ।

यस्तै निषेधाज्ञा अवधिको समयभित्र बीमा अवधि समाप्त भएको बीमालेखको हकमा सम्वन्धित बीमितको लिखित अनुरोध(विद्युतीय माध्यमबाट निवदेन प्राप्तको आधारमा समेत) बीमालेख नविकरण हुने व्यवस्था मिलाउन समितले अनुरोध गरेको छ ।

जीवन बीमकले अवधि सकिएको बीमा रकम विद्युतीय माध्यमबाट बीमितको खातामा जम्मा गर्ने व्यवस्था मिलाउने तथा बीमा दावीको हकमा बीमितले विद्युतीय माध्यममार्फत निवेदन गरेमा यथेष्ठ प्रमाण संकलन गरी अवस्था सामान्यभएपछि भुक्तानी गर्न बीमा कम्पनीहरुलाई अनुरोध गरेको छ ।

वि.सं.२०७८ वैशाख २९ बुधवार १६:५६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...