back
NMB ad

किसान अप्ठ्यारोमा परेको बेला टुलुटुलु हेरेर बस्दैनौं : मन्त्री अर्याल

Kumari bank ad

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्मा अर्यालले किसानहरु मर्कामा परेका बेला राज्य टुलुटुलु हेरेर नबस्‍ने बताउनुभएको छ।

कोरोना महामारीले कृषि क्षेत्रमा पारेको प्रभाव तथा महामारीले कृषि उत्पादनका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्थापन र उत्पादित उपजरवस्तुको बजारीकरणमा सहजिकरण गर्ने उद्देश्यले बुधवार मन्त्रालयले सरोकारवालाहरुबीच आयोजना गरेको भर्चुअल छलफलमा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो।

सरकारका तर्फबाट संकटको समयमा गर्नुपर्ने कामहरुमा आवश्यक छलफल गरी अगाडी बढ्ने बताउदै मन्त्री अर्यालले जनतालाई अप्ठ्यारो पर्दा राज्य टुलुटुलु हेरेर बस्न नसक्ने। त्यसको आवश्यक समाधानका निम्ती पहल गर्ने बताउनुभयो।

जनतालाई अप्ठ्यारो पर्दा कोही पनि टुलुटुलु हेरेर बस्‍न सकिदैन। सामुहिक समस्या समाधान गर्न के गर्न सक्छौ त्यसमा हामी लाग्छौु, मन्त्री अर्यालले भन्नुभयो, संकटमा गर्नुपर्ने कामसँग जोडिएका कुरासँग हामी अगाडी बढ्छौ। यो हामि सबैको साझा समस्या हो। त्यो महसुस गरेर एकजुट भएर समस्या समाधानमा अगाडी बढ्नेछौ।

अहिलेको महामारीले सबैलाई समस्यामा पारेको भन्दै त्यसको समाधानका निम्ती सबै एकजुट भएर काम गर्न आवश्यक रहेको उहाँको भनाई थियो।

कोभिड महामारीका कारण कृषि उपज वस्तुको मूल्य घट्यो भन्ने गुनासो आएको भन्दै उहाँले उक्त विषयमा केही राहतको प्रबन्ध गर्न सकिन्छ की भनेर मन्त्रालयमा छलफल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।

ताजा तरकारीको ढुवानीको व्यवस्थाका सम्बन्धमा आवश्यक पहल गरिने भन्दै मन्त्री अर्यालले यसविषयमा मन्त्रालयको ध्यानाकर्षण भएको र छिट्टै आवश्यक पहल गरिने बताउनुभयो।

तत्कालको समस्या समाधानसँगै दीर्घकालका लागि पनि समस्या समाधान गर्नेगरी अगाडी बढिने उहाँले बताउनुभयो। मन्त्री अर्यालले भन्नुभयो, तत्कालको समस्या समाधानसँगै दिर्घकालका निम्ती पनि केही समाधान गर्नेगरी खासगरी ढुवानी र अनुदानका सम्बन्धमा केही व्यवस्था गर्न सकिन्छ की भनेर हामी छलफल गर्छौ। अनलाइनमार्फत माग आपुर्ती र व्यवस्था संकलन गर्न तथा टेलिफोनबाट कृषकको अवस्था बुझ्ने कार्यलाई पनि अगाडी बढाउछौ।

त्यस अवसरमा बोल्दै मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले महामारीका कारण कृषि तथा पशुपंक्षी क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्न मन्त्रालय गम्भीर रहेको र आवश्यक छलफल गरी पहलकदमी अगाडी बढाइने बताउनुभयो।

त्यस अवसरमा कार्यक्रमका सहभागी किसानहरुले महामारीका कारण कृषि उत्पादनका मूल्य न्यून हुँदा बिक्री बितरणमा समस्या उत्पादन भएको बताएका थिए। कतिपय तरकारी स्वदेशमा नै उत्पादन भइरहेको सन्दर्भमा भारतबाट पनि आयात भएका कारण किसान मर्कामा परेको उनिहरुले बताएका थिए। अहिले खासगरी ताजा तरकारीहरुमा मूल्यमा किसानहरु मर्कामा परेको तर ढुवानीमा भने समस्या नभएको उनीहरुको भनाई थियो।

यसअघि कोरोना महामारीको दोस्रो लहर बढ्दै जाँदा विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएको पहिलो दिनमै त्यस्तै मन्त्री अर्याल र मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेखि ढुवानीमा सहजिकरण गरिदिनका निम्ती आग्रह गर्नुभएको थियो।

मन्त्रालयले वैशाख १५ गते भेटेनरी अस्पताल, क्लिनिक, प्रयोगशाला, पशु चिकित्सा सेवा सञ्चालन, पशुपंक्षी तथा मत्स्य फार्म सञ्चालन, पशु तथा पशुजन्य उद्योगसम्बन्धी कार्यहरु, पशुपंक्षीको ओसारपसारमा प्रयोग गरिने ढुवानीका साधनहरु, दुध तथा दुग्ध पदार्थ, अण्डा, मासु तथा मासुजन्य पदार्थको ढुवानी बिक्री वितरण, दाना तथा दानाको कच्चा पदार्थ, चल्ला क्रेट, घास, पराल, फिड सप्लिमेन्ट, भेटेनरी औषधी तथा खोप, सिमेन, तरल नाइट्रोजनको ओसारपसार तथा विक्री वितरणमा निषेधाज्ञाका अवधीमा स्वास्थ्य सम्बन्धी मापदण्डलाई पालना गर्नेगरी उक्त सेवाहरु सञ्चालनमा आवश्यक सहजिकरण गरिदिन आग्रह गरेको थियो।

वि.सं.२०७८ वैशाख २९ बुधवार १७:१२ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...