back
NMB ad

प्रभु इन्स्योरेन्सको नाफा करिब १६ करोड, यस्तो छ वित्तीय अवस्था (विवरणसहित)

Kumari bank ad

काठमाडौं । प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय परिणाम सार्वजनिक गरेको छ ।

कम्पनीले बिहीवार सार्वजनिक गरेको वित्तीय परिणाम अनुसार चालु आवको तेस्रो त्रैमाससम्म १५ करोड ९८ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४.९५ प्रतिशतले बढी हो । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीले १५ करोड २२ लाख ९३ हजार रुपैयाँ कमाएको थियो ।

कम्पनीले चैतमसान्तसम्म १ अर्ब १५ करोड ७२ लाख ८७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ४.३१ प्रतिशतले कम हो ।

गत वर्षको तेस्रो त्रैमासमा १ अर्ब २० करोड ९५ लाख ३४ हजार रुपैयाँ आर्जन गरेको थियो । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले २९ करोड ३९ लाख ३९ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दावी रकम भने १६ करोड ९२ लाख ९५ हजार रुपैयाँ देखिएको छ ।

कम्पनीको जारी बीमालेखको संख्या ८० हजार ४८७ र नवीकरण गरिएको बीमालेखको संख्या १८ हजार ५५८ रहेको छ ।
कम्पनीको चुक्तापूँजी १ अर्ब ५ करोड ६२ लाख ७५ हजार रुपैयाँ पुगेको छ ।

जगेडा तथा कोष २८ करोड ९३ हजार १३ रुपैयाँ, बीमा कोष ७८ करोड ८९ हजार ७६ रुपैयाँ र महाविपत्ती जगेडा ११ करोड ७० हजार १४ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २१३ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात ६४ रुपैयाँ, तरलता अनुपात २.६८ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३१३ रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ वैशाख ३० बिहीवार १३:२६ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...