काठमाडौं । साताको अन्तिम कारोबार दिन १ दर्जन बढी कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।
उक्त दिन दुई कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ भने अन्य कम्पनीको उच्च दरमा वृद्धि भएको छ । बिहीवार उच्च दरमा सेयर मूल्य वृद्धि भएका १३ कम्पनीमध्ये अधिकांश हाइड्रोपावर कम्पनी रहेका छन् ।
आज दिव्याश्वरी हाइड्रोपावर र समाता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
यस्तै, विशाल बजार कम्पनी, रुरु जलविद्युत परियोजना, सांग्रिला डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, जोशी हाइड्रोपावर, समृद्धि फाइनान्स, आँखुखोला जलविद्युत कम्पनी, खानीखोला हाइड्रोपावर, वेष्ट फाइनान्स, युनियन हाइड्रोपावर, सेन्ट्रल फाइनान्सको सेयर मूल्य उच्च दर(९प्रतिशतभन्दा बढी)ले वृद्धि भएको हो ।
आज यी कम्पनी लगायतका लगानीकर्ता कमाएका छन् ।
हेर्नुहोस्, कुनको कति पुग्यो ?
वि.सं.२०७८ वैशाख ३० बिहीवार १५:३१ मा प्रकाशित