back
NMB ad

हिमालयन र इन्भेष्टमेन्ट बैंकको महा मर्जरः २७ अर्ब पुँजी भएको बैंक बन्यो, अन्य सूचक कस्ता देखिए ?

Kumari bank ad

काठमाडौं । अथक मेहनतपछि हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक महा मर्जरको लागि आज सम्झौता हुने भएको छ ।

स्रोतका अनुसार साउन पहिलोसाताबाट एकिकृत कारोबार हुने गरी सम्झौता हुन लागेको छ । यो सँगै नेपालकै सबैभन्दा ठ्रूलो बैंक हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक हुने भएको छ ।

चुक्ता पुँजी, निक्षेप परिचालन, कर्जा लगानी तथा सञ्चित कोषका आधारमा अब हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट देशको सबैभन्दा ठूलो बैंक बन्ने पक्का छ ।

देशकै सबैभन्दा ठूलो बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे हुने भएका छन् भने एउटा इतिहास बोकेको बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राण हुने निश्चित छ । जो अहिले हिमालयन बैंकको सिइओ हुनुहुन्छ । यस्तै हाल नेपाल इन्भेष्टमेन्टका (सीईओ) ज्योतिप्रकाश पाण्डे एक तह घटुवा भएर डेपुटी प्रमुख कार्यकारी (डीसीईओ) हुनुहुने भएको छ ।

दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी २६ अर्ब ९४ करोड १७ लाख ३० हजार रुपैयाँ रहेको छ । चैत मसान्तसम्म हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ रहेको छ भने नेपाल इन्भेष्टमेन्टको १६ अर्ब २५ करोड ७३ लाख ३० हजार रुपैयाँ रहेको छ ।
यस्तै दुवै बैंक एक भएपछि बैंकको जगेडा कोषको आकार १९ अर्ब १४ करोड २९ लाख ८२ हजार रुपैयाँ हुनेछ । दुवै जोडदा बैंकको कोर पुँजी ४६ अर्ब ८ करोड ४७ लाख १२ हजार भन्दा बढी नै हुने देखिएको छ ।

अहिले हिमालयन बैंकको जगेडा कोषमा ६ अर्ब १९ करोड ७८ लाख ३५ हजार रुपैयाँ छ भने इन्भेष्टमेन्टको १२ अर्ब ९४ करोड ५१ लाख ४७ हजार रुपैयाँ रहेको वित्तीय अवस्थामा उल्लेख छ ।

यस्तै दुवै बैंक एक भएपछि बन्ने बैंकको निक्षेप २ खर्ब ९८ खर्ब २० करोड ८१ लाख ३ हजार भन्दा बढी हुने देखिएको छ । यस्तै कर्जा सापटी २ खर्ब ७७ अर्ब ६५ करोड ८१ लाख ७३ हजार रुपैयाँ भन्दा बढी हुने चैत महिनासम्मको तथ्याङकले देखाएको छ ।

हिमालयन बैंकले चैत मसान्तसम्म १ खर्ब ३२ अर्ब २४ करोड ९ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब २१ अर्ब ५६ करोड ५८ लाख २ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने इन्भेष्टमेन्ट बैंकले १ खर्ब ६५ अर्ब ९६ करोड ७१ लाख २६ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ५६ अर्ब ९ करोड २३ लाख ७१ हजार रुपैयाँ कर्जा लगानी गरेको देखिएको छ ।

चैत मसान्तसम्म हिमालयन बैंकले १ अर्ब २८ करोड ७१ लाख ५७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ भने इन्भेष्टमेन्ट बैंकले २ अर्ब ८४ करोड ७१ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

दुवै बैंक मर्जरमा जानको लागि धेरै समय अघि नै चलअचल सम्पति तथा दायित्व मूल्याङकन (डीडीए) भइसकेको छ । डीडीएले हिमालयन बैंकको प्रतिसेयर मूल्य १०२ रुपैयाँ ५० पैसा र नेपाल इन्भेष्टमेन्ट बैंकको १०० रुपैयाँ देखाएको छ । मर्जपछि बैंकको शाखा संख्या १५२ पुुग्ने छ । अहिले हिमालयन बैंकको ६९ वटा र इन्भेष्टमेन्ट बैंकको ८३ शाखा कार्यालय रहेका छन् ।

वि.सं.२०७८ वैशाख ३० बिहीवार १५:४४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...