काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपाल संक्रमितको संख्या ४ लाख ३१ हजार १९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रलयकाअनुसार बिहीवार एकैदिन थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ४ हजार ४६६ पुगेको छ ।
बिहीवार थप ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन । हालसम्म कोरोना जित्नेको संख्या ३ लाख २१ हजार ५१८ पुगेको छ ।
वि.सं.२०७८ वैशाख ३० बिहीवार १८:४१ मा प्रकाशित