back
NMB ad

कोरोना संक्रमितको दाहसंस्कारमा संलग्न हुने कर्मचारीलाई प्रोत्साहन भत्ता

Kumari bank ad

काठमाडौं । पशुपति आर्यघाटमा कोभिड-१९ संक्रमित भएका शव दाहसंस्कारमा संलग्न हुने कर्मचारीले प्रोत्साहन भत्ता स्वरूप एक हजार रूपैयाँ पाउने भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मन्त्रालयमा पदभार ग्रहण गर्दै शव दाहसंस्कारमा संलग्न हुने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने फाइलमा हस्ताक्षर गर्नुभएको छ ।

यसअघि सरकारले निर्णय गरेर जोखिम भत्ता दिने निर्णय गरेको भए पनि पशुपति आर्यघाटमा शव दाहासंस्कारमा सहभागी हुने कर्मचारी परेका थिएनन् । अब उनीहरूले पनि प्रोत्साहन भत्ता पाउने भएका छन् । मन्त्री ढकालले पर्यटन क्षेत्रको विकास र विस्तार भन्दा पनि उद्धार र राहतमा केन्द्रीत हुनेगरी नीति बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा पदभार ग्रहण गरेसँगै उहाँले कर्मचारीलाई निर्देशन दिँदै कोभिड-१९ कारण थला परेको पर्यटन व्यवसायले राहत पाउनेगरी नीति बनाउन निर्देशन दिनुभयो । उहाँले नीति र बजेट दुबै प्रभावकारी हुने गरी तयारी गर्न निर्देशन दिनुभयो ।

ठूलो दलको सरकारबाट बहुमतको हुँदै सुदृढ सरकार बन्ने भन्दै सरकार केही हुन्छ कि भनेर चिन्ता नगरी काम गर्न निर्देशन दिनुभयो । उहाँले विगतमा जस्तै भोलिको दिनमा सहयोग हुने अपेक्षा व्यक्त गर्नुभयो ।

समयको माग अनुसार व्यवहार गर्नुपर्ने भन्दै उहाँले सेवामा समर्पित हुनुपनेर्ने बताउनुभयो । उहाँले कुनै समस्यामा भए आफूकहाँ ढुक्कसँग राख्न अनुरोध गर्नुभयो ।

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार १७:५६ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...