back
NMB ad

फेरि २ हजार रुपैयाँले महंगियो सुन, प्रतितोला कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । एक महिनाको अवधिमा सुनको मूल्य २ हजार रुपैयाँ बढेको छ । नेपाली बजारमा वैशाख महिनाको अवधिभर सुनको मूल्य प्रतितोला २ हजार १ रुपैयाँले बढेको छ ।

गत चैतमसान्त र वैशाख महिनाको अन्त्यसम्मको तुलनामा छापावाला सुनको मूल्य उक्त रकमले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार २०७७ चैत महिनाको अन्तिम दिन प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन २०७८ बैशाख मसान्तसम्म आउँदा ९१ हजार ६ सय रुपैयाँ पुगेको हो ।

तेजावी सुन पनि तोलाका २ हजार ५० रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ । गत चैतमहिनाको अन्तिम दिन ८९ हजार ५० रुपैयाँमा कारोबार भएको तेजावी सुनको भाउ बैशाख मसान्तसम्म आउँदा ९१ हजार १ सय रुपैयाँ पुगेको छ ।

यस्तै, नेपाली बजारमा एक महिनाको अवधिमा चाँदीको मूल्य तोलामा ७० रुपैयाँ वृद्धि भएको छ । गत चैत महिनाको अन्तिम दिन प्रतितोला १२ सय ६० रुपैयाँ कारोबार भएको चाँदी बैशाख महिनाको अन्त्यसम्म आउँदा १३ सय ३० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

वि.सं.२०७८ जेठ १ शनिवार १२:४९ मा प्रकाशित

You can share this post!

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...