back
NMB ad

ओरिएण्टल इन्स्यारेन्सको नाफा २५ करोड, कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । ओरिएण्टल इन्स्यारेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २५ करोड १२ लाख ११ हजार रुपैयाँ नाफा गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय अवस्थाले यस्तो देखिाएको हो । कम्पनीको नाफा गत वर्षको सोही अवधिको तुलनामा ३२.५७ प्रतिशतले कम हो । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीले ३७ करोड २५ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चैतमसान्तसम्ममा कम्पनीको कुल बीमाशुल्क आर्जन रकम ८४ करोड ३१ लाख २० हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिको तुलनमा कम्पनीको बीमाशुल्क आर्जन ५. २३ प्रतिशतले बढेको हो । गत वर्षको तेस्रो तैमासमा ८० करोड ११ लाख ६२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले चालु आवको तेस्रो त्रैमासमा ५० करोड १८ लाख ८३ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दावी रकम ७१ करोड २५ लाख ८९ हजार रुपैयाँ देखिएको छ ।

कम्पनीको चुक्तपूँजी उल्लेख गरेको छैन । जगेडा तथा कोषमा ७ करोड ८८ लाख ६० हजार रुपैयाँ रहेको छ । बीमा कोषमा ९१ करोड ७६ लाख ८६ हजार रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ जेठ २ आइतवार १३:२७ मा प्रकाशित

You can share this post!

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...