back
NMB ad

जीवन बीमा कम्पनीको नाफा १९.०८ % ले बढ्यो, सबैलाई प्रभुको चुनौती

Kumari bank ad

काठमाडौं । कोरोनाको महामारीमा पनि व्यवसाय सन्तोषजनक रुपमा गरेका जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आईपुग्दा ३ अर्ब २० करोड ८८ लाख ४९ हजार रुपैयाँ पुगेको छ ।

यो भनेको गत आवको सोही अवधिको तुलनामा १९.०८ प्रतिशतले बढेको छ । गत आवको नौ महिनामा कम्पनीको नाफा २ अर्ब ६९ करोड ४६ लाख ६८ रुपैयाँ रहेको छ ।

चालु आवको नौ महिनामा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीम संस्थान र यूनियन लाइफ इन्योरेन्सको नाफा घटेको छ । बाँकी सबै बीमा कम्पनीको नाफामा सुधार आएको छ ।

चैत मसान्तसम्म आइपुग्दा पुराना कम्पनीलाई नयाँले कम्पनीले नाफा बढोत्तरीमा चूनौती दिएका छन् । यो अवधिमा आईपुग्दा नाफा बढोत्तरी प्रतिशतको आधारमा हेर्दा प्रभु लाइफ इन्स्योरेन्स रहेको छ । यो अवधिमा आईपुग्दा इन्स्योरेन्सको नाफा १४८.३३ प्रतिशतले बढेको छ ।

रकमको आधारमा सदैव जस्तो नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । नेपाल लाइफको नाफा ८.३६ प्रतिशतले बढेर ५० करोड ६६ लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस्तै दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सको नाफा २.२० प्रतिशतले बढेर ३२ करोड २५ लाख ७० हजार रुपैयाँ पुगेको छ । यता सुर्या लाइफको नाफा ५५.८८ प्रतिशतले बढेर २९ करोड १० लाख ३५ हजार रुपैयाँ पुगेको छ ।

यो अवधिमा सबैभन्दा थोरै नाफा राष्ट्रिय बीमा संस्थानको रहेको छ । यो अवधिमा कम्पनीको नाफा ४ करोड ८६ लाख २८ हजार रुपैयाँ रहेको छ । संस्थानको नाफा गत आवको सोही अवधिको तुलनामा १.४४ प्रतिशतले घटेको हो ।

गत आवको सोही अवधिमा ४ करोड ९३ लाख ३७ हजार रुपैयाँ रहेको थियो । यद्यपी बीमाङ्कीय मूल्याङ्कनमा जीवन बीमा कम्पनीको नाफा भने घटबढ हुन सक्छ ।

वि.सं.२०७८ जेठ ५ बुधवार १५:२९ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:३२

काठमाडौँ, ११ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद...

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...