काठमाडौं । सञ्चालमा रहेका निर्जीबन बीमा कम्पनीको नाफा १०.४० प्रतिशतले बढेर ३ अर्ब ४५ करोड १९ लाख १६ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ३ अर्ब १२ करोड ६६ लाख ४३ हजार रुपैयाँ रहेको थियो ।
सञ्चालनमा रहेका २० वटा कम्पनीमध्ये नेशनल इन्स्योरेन्स बाहेक सबै कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेका छन् । यो अवधिमा तीन वटा कम्पनीको नाफा घटेको छ भने अरु कम्पनीको नाफा बढेको छ । हिमालयन जनरल, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी र ओरियन्टल इन्स्योरेन्स रहेको छ ।
हिमालयनको १९.१३ प्रतिशतले घटेर ९ करोड १० लाख ३४ हजार रुपैयाँ रहेको छ । यस्तै सरकारी स्वामित्वमा रुहेको राष्ट्रिय बीमा कम्पनीको नाफा नाफा ५०.३० प्रतिशतले घटेर २७ करोड ११ लाख रुपैयाँ पुगेको छ । यस्तै ओरियन्टलको पनि नाफा ३२.५७ प्रतिशतले घटेर २५ करोड १२ लाख ११ हजार रुपैयाँ कायम रहेको छ । अन्य कम्पनीको तुलनामा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीलाई अन्य कम्पनीको अगाडि शाख जोगाउन समेत धौ धौ पर्ने अवस्था रहेको छ ।
यो अवधिमा सबैभन्दा बढी नाफा शिखर इन्स्योरेन्सको ३६ करोड ३३ लाख २० हजार रुपैयाँ रहेको छ । कम्पनीको नाफा १०.२५ प्रतिशत मात्रै बढेको छ । यस्तै दोस्रोमा नेको इन्स्योरेन्स रहेको छ । नेकोले ३५ करोड ९ लाख २२ हजार रुपैयाँ रहेको छ । बढी नाफा आर्जन गर्नेमा तेस्रो प्रिमियर इन्स्योरेन्स हुँदा चौथोमा सगरमाथा इन्स्योरेन्स रहेको छ । प्रतिशतको आधारमा हेर्दा सबैभन्दा बढी ३३५.५३ प्रतिशतले बढेको छ । यस्तै जनरल इन्स्योरेन्सको १०७.४८, सानिमा इन्स्योरेन्सको नाफा १००.९५ प्रतिशतले बढेको छ ।
+
वि.सं.२०७८ जेठ ६ बिहीवार १२:०८ मा प्रकाशित