back
NMB ad

बीमाशुल्क आर्जनमा आक्रमक बन्दै जीवन बीमा कम्पनी, कुनको कति ? (सूचीसहित)

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले ८० अर्ब ५८ करोड ७५ लाख १२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय अवस्थाको तथ्याङ्कले यस्तो देखाएको हो । कम्पनीहरुको बीमाशुल्क आर्जन गत वर्षको सोही अवधिको तुलनामा ३७.६० प्रतिशतले बढी हो । गत वर्षको तेस्रो त्रैमाससम्म १९ वटा कम्पनीहरुले ५८ अर्ब ५६ करोड ६१ लाख ९१ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।

चैतमसान्तसम्म सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ । तेस्रो त्रैमाससम्म कम्पनी २५ अर्ब ३७ करोड ४८ लाख ३४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले गत वर्षको सोही अवधिको तुलनामा ४५.७७ प्रतिशतले बढी बीमाशुल्क आर्जन गरेको हो । गत वर्षको तेस्रो त्रैमासमा १७ अर्ब ४० करोड ६९ लाख ७२ हजार रुपैयाँ आर्जन गरेको थियो ।

प्रतिशतका आधारमा भने सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै बीमाशुल्क आर्जन गरेको छ । चालु आवको तेस्रो त्रैमासमा कम्पनीले १ अर्ब ४७ करोड ८२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यो शुल्क गत वर्षको सोही अवधिको तुलनामा १५४.२० प्रतिशतले बढी हो । कम्पनीले गत वर्षको तेस्रो त्रैमासमा ५८ करोड १५ लाख रुपैयाँ मात्र बीमाशुल्क आर्जन गरेको थियो ।

चालु आवको तेस्रो त्रैमाससम्ममा दुई कम्पनीको बीमाशुल्क घटेको देखिएको छ । चैतमसान्तसम्म नेशनल लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्सको बीमाशुल्क आर्जन घटेको हो ।

नेशनल लाइफको बीमाशुल्क आर्जन यो वर्ष ८४.३६ प्रतिशतले कमी देखिएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ७२ करोड ६६ लाख २६ हजार रुपैयाँ आर्जन गरेको थियो । यो वर्षको तेस्रो त्रैमासमा भने ८९ करोड ५४ लाख ९६ हजार रुपैयाँ मात्रै शुल्क आर्जन गरेको छ ।

यस्तै, यो वर्ष सन नेपाल लाइफको बीमाशुल्क आर्जन १६.४६ प्रतिशतले कमी देखिएको छ । गत वर्षको तेस्रो त्रैमासमा १ अर्ब ९४ करोड ७३ लाख ७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको कम्पनीले यो वर्षको सोही अवधिमा भने १ अर्ब ६२ करोड ६९ लाख ७३ हजार रुपैयाँ आर्जन गरेको छ ।

हेर्नुहोस्, कुनको कति ?

वि.सं.२०७८ जेठ ७ शुक्रवार १६:०० मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...