back
NMB ad

आयात २२.३४ % ले बढ्दा निर्यात ३२.१३ % ले बढ्यो, ब्यापार घाटा चुलिँदै

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा निर्यात ३२.१९ प्रतिशतले बढ्दा आयात २२.३४ प्रतिशतले मात्रै बढेको छ ।

भन्सार विभागको तथ्याङक अनुसार गत वैशाख मसान्तसम्ममा ८२ अर्ब ६ करोड ५७ लाख ६९ हजार रुपैयाँको वस्तु तथा सेवा निर्यात भएकोमा यो वर्षको वैशाखसम्ममा निर्यात ३२.१९ प्रतिशतले बढेर १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।

यस्तै गत वैशाखमा १० खर्ब २५ अर्ब १३ करोड ७७ लाख ८३ हजार रुपैयाँको वस्तु तथा सेवा आयात भएकोमा चालु आवको सोही अवधिमा आपुग्दा २२.३४ प्रतिशतले बढेर १२ खर्ब ५४ अर्ब ११ करोड १ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।

विभागमा अनुसार यो चालु आवको १० महिनामा वैदेशिक व्यापारघाटा २१.४८ प्रतिशतले बढेको छ । गत आवको १० महिनामा ९ खर्ब ४३ अर्ब ७ करोड ३० लाख १३ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा ११ खर्ब ४५ अर्ब ६३ करोड ४ लाख २३ हजार रुपैयाँ पुगेको छ ।

विभागका अनुसार १० महिनाको अवधिमा वैदेशिक व्यापार२३.०७ प्रतिशतले बढेको छ । गत बैशाख मसान्तसम्ममा ११ खर्ब ७ अर्ब २० करोड २५ लाख ५२ हजार रुपैयाँको वैदेशिक व्यापार भएकोमा यो वैशाखसम्म आईपुग्दा १३ खर्ब ६२ अर्ब ५८ करोड ९९ लाख ३५ हजार रुपैयाँ पुगेको छ । जुन गत वर्षको तुलनामा २३ प्रतिशतले बढी हो । १० महिनाको अवधिमा आयात निर्यातको अनुपात ७.४५ प्रतिशतले घटेको छ ।

वि.सं.२०७८ जेठ १० सोमवार ०९:३९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...