काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहकहरूका लागि ब्याजमा विशेष छुट दिने भएको छ । कोरोना महामारीको असहज परिस्थितिमा आफ्ना ग्राहकलाई ब्याजमा छुटको व्यवस्था गरेको हो ।
हाल नेपालमा कोरोना भाइरसको संक्रमण रोकथाम गर्न अधिकांश जिल्लाहरूमा बन्दाबन्दीको अवस्था छ यसले मुलुकको उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, पर्यटन लगायत वित्तीय क्षेत्रमा समेत गहिरो प्रभाव परिरहेको छ ।
कम्पनीले २०७८ बैशाख मसान्तभित्र भुक्तानी गर्नुपर्ने सम्पुर्ण बक्यौता रकम (साँवा र ब्याज) बैशाख २४ गते देखि ३१ गते सम्ममा बुझाउनु भएमा सम्बन्धीत ग्राहकलाई ब्याज रकममा १० प्रतिशत प्रतिशत छुट प्रदान गर्ने योजना बैशाख तेस्रो सातामा सार्वजनिक गरेको थियो ।
साथै वक्यौता तिर्ने १७९ शाखा कार्यालयहरुका ४ हजार ६७६ ऋणी सदस्यहरूले यस संस्थालाई बुझाउनुपर्ने सम्पूर्ण रकम तोकिएको अवधिभित्र बुझाई योजनामा सहभागी भएकोमा आभार व्यक्त गरेका छन् ।
यस योजनामा सहभागी ग्राहकहरूले ब्याजमा जम्मा १५ लाख १८ हजार २०२.४७ रुपैयाँ छुट पाएको संस्थाले जनाएको छ । ब्याज छुट रकम सम्बन्धित ऋणीको बचत खातामा जम्मा गरिसकेको कम्पनीले जनाएको छ ।
वि.सं.२०७८ जेठ १७ सोमवार १९:२४ मा प्रकाशित