back
NMB ad

२७ अर्बको सुनचाँदी आयात हुँदा करिब ५० करोड बराबरको गहना बाहिरियो

Kumari bank ad

बिक्रम सुनार,

काठमाडौं । नेपालमा सुनचाँदीको आयात ह्वात्तै बढेको छ । चालु आर्थिक वर्षको १० महिनामा झण्डै २७ अर्ब सुनचाँदी आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार बैशाख मसान्तसम्म आईपुग्दा २६ अर्ब ८३ करोड ९४ लाख १३ हजार रुपैयाँ बराबरको सुनचाँदी आयात भएको छ । सोही अवधिमा ४९ करोड ७५ लाख २९ हजार रुपैयाँ बराबरका सुनचाँदीको गहना निर्यात भएको छ ।

नेपालमा यूएई र टर्कीबाट सुन आयात हुने गरेको छ । चाँदी भने छिमेकी दुई मुलुक भारत र चीनसहित हङकङ, यूएई, अमेरिकाबाट आयात हुने गरेको छ ।

चालु आवको १० महिनामा २१ अर्ब ६ करोड ८३ लाख ७८ हजार रुपैयाँ बराबरको सुन आयात भएको छ । उक्त अवधिमा ३ हजार १८ केजी सुन नेपाल भित्रिएको विभागले जनाएको छ ।

गत आवको सोही अवधिको तुलनामा ७ अर्ब भन्दा बढीको सुन आयात भएको देखिन्छ । गत वर्षको बैशाख मसान्तसम्म १३ अर्ब रुपैयाँको सुन नेपाल भित्रिएको विभागले जनाएको छ ।

नेपालमा सबैभन्दा बढी सुन आयात यूएईबाट भएको हो । बैशाख मसान्तसम्ममा उक्त देशबाट १८ अर्ब ९४ करोड ६१ लाख ७३ हजार रुपैयाँ बराबरको २ हजार ७१८ केजी सुन आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । चाल आवको १० महिनासम्ममा टर्कीबाट २ अर्ब १२ करोड २२ लाख ४ हजार रुपैयाँ बराबरको ३ सय केजी सुन आयात भएको छ ।

यसैबीच, चालु आवको १० महिनामा २९ करोड ५७ लाख ४ हजार रुपैयाँ बराबरको सुनका गहना निर्यात भएको छ । विभागका अनुसार २७ केजी बराबरका नेपाल मौलिक सुनका गहना निर्यात भएको हो । नेपालबाट अष्ट्रेलिया, हङकङ, अमेरिका लगायतका देशरुमा गहना निर्यात हुने गरेको छ ।

सुनका गर–गहना भने चालु आवदेखि निर्यात हुन थालेको हो । नेपालबाट विदेशी मुलुकमा बन्न नसक्ने मौलिक गहना निर्यात हुने विभागले जनाएको छ । पछिल्लो समयमा नेपालीहरुको बसोबास बढी भएका मुलुकहरुमा गहनाको माग वृद्धि भएको विभागले बताएको छ ।

यस्तै, चालु आवको पछिल्लो १० महिनामा ५ अर्ब ७७ करोड १० लाख ३५ हजार रुपैयाँ बराबरको चाँदी आयात भएको छ । उक्त अवधिमा ५ मुलुकहरुबाट २२ टन ९६० केजी चाँदी आयात भएको हो । चाँदी पनि यूएईबाट सबैभन्दा बढी आयात भएको छ । बैशाख मसान्तसम्म ३ अर्ब ५३ करोड ९३ लाख ८ हजार रुपैयाँ बराबरको चाँदी नेपाल भित्रिएको विभागले जनाएको छ ।

त्यसैगरि चीनबाट १ अर्ब ११ करोड ८८ लाख २४ हजार, हङकङबाट १ अर्ब ११ करोड २० लाख ७० हजार, भारतबाट ६ लाख ७७ हजार र अमेरिकाबाटम १ लाख ५६ हजार रुपैयाँ बराबरको चाँदी आयात भएको छ । यसैविच चालु आवको १० महिनाको अवधिमा चाँदीका गहना भने २० करोड १८ लाख २५ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

चाँदीका गहना अमेरिका, अष्ट्रेलिया, अमेरिका, जापान, बेल्जियम, क्यानडा, फ्रान्स, जर्मनी, हङकङ, नेदरल्याण्ड, पोचुर्गल, सिंगापुर, स्वीटजरल्याण्ड, ताइवान् लगायतका देशहरुमा निर्यात हुने गरेको छ ।

वि.सं.२०७८ जेठ १८ मंगलवार १४:२९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...