back
NMB ad

एक महिनामै १४ करोडले बढ्यो विद्युतीय सवारी साधनको आयात, कुन देशबाट कति ?

Kumari bank ad

बिक्रम सुनार,

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधानको आयात ह्वात्तै बढेको छ । चालु आर्थिक वर्ष २०७७/७८ को १० महिनाको अवधिमा ३२ करोड ९५ लाख ९१ हजार रुपैयाँ बराबरका विद्युतीय सवारी साधनको आयात गरिएको छ ।

भन्सार विभागका अनुसार चालु आवको चैतको तुलनामा बैशाख मसान्तसम्ममा विद्युतीय सवारी साधनको आयात ७२.२३ प्रतिशत अर्थात १३ करोड ८२ लाख ३० हजार रुपैयाँले बढेको हो । चैतमसान्तसम्म १९ करोड १३ लाख ६१ हजार रुपैयाँ बराबरको १०८ वटा विद्युतीय सवारी आयात भएको थियो ।

विभागका अनुसार चालु आवको १० महिनामा १५३ वटा विद्युतीय सवारी साधनहरु आयात भएको छ । नेपालमा छिमेकी दुई मुलुक चीन, भारत, अमेरिका र कोरियाबाट विद्युतीय सावरी साधान आयात हुने गरेको छ । जसमध्ये विभिन्न तौलका विद्युतीय कार, जीप र भ्यान आयात भएको विभागले जानकारी दिएको छ ।

एक महिनाको अवधिमा थप ४५ वटा विद्युतीय सवारी आयात भएको विभागले जानकारी दिएको छ । यी सवारी साधनहरु ५० देखि १५० किलोवाटसम्मका हुन् ।

नेपालमा सबैभन्दा धेरै विद्युतीय सवारी चीनबाट आयात हुने गरेको छ । उक्त देशबाट बैशाख मसान्तसम्ममा १६ करोड ४१ लाख १४ हजार रुपैयाँ बराबरको ११० वटा विद्युतीय सवारी आयात भएको छ । चीनबाट एक महिनामै थप ३८ वटा सवारी साधान आयात भएको हो ।

चैत र बैशाख महिनाबीचको अवधिमा अमेरिकाबाट थप ६ वटा सवारी आयात भएका छन् । चालु आवको पछिल्ल्लो १० महिनासम्ममा भने ८ करोड ४६ लाख ४१ हजार रुपैयाँ बराबरको २० वटा विद्युतीय कार,जीप र भ्यान आयात भएको विभागले जनाएको छ । उक्त देशबाट १०० देखि १५० किलोवाटसम्म सवारी हुन् ।

यस्तै, भारतबाट बैशाख मसान्तसम्ममा ३ करोड ३८ लाख ३८ हजार रुपैयाँ बराबरका विद्युतीय कार, जीप र भ्यान आयात भएको छ । एक महिनाको अवधिमा थप १ सवारी आयात भएको हो । भारतबाट ५० किलोवाटभन्दा माथिका सवारी नेपाल भित्रिएको हो ।

त्यसैगरि कोरियाबाट थप बैशाखमा कुनै पनि विद्युतीय सवारी आयात भएको छैन । उक्त देशबाट चैतमसान्तसम्म २ करोड ५० लाख ७६ हजार रुपैयाँ बराबरको सवारी नेपाल आएको देखिएको छ । उक्त अवधिमा ५० देखि १०० किलोवाटसम्मका ७ वटा सवारी आयात भएको विभागले जनाएको छ ।

वि.सं.२०७८ जेठ १९ बुधवार १३:१० मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...