back
NMB ad

ऋण लिएर भत्ता दिन हुँदैन, विकास निर्माणमा खर्च गर्दा हुन्छः मन्त्री नेम्वाङ

Kumari bank ad

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले राज्यले ऋण लिएर पपुलर काम गर्न नहुने तर विकास निर्माणको काममा खर्च गर्न हुने बताउनु भएको छ ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनम उहाँले यस्तो बताउनु भएको हो । उहाँका अुनसार राज्यले ऋण लिएर देश विकास गर्न खुुटा कमाउनु नहुने तर ऋण लिएर सामाजिक सुरक्षा, अन्य खालका भत्ता दिन नहुने बताउनुभयो ।

भारत,चीन, अमेरिका जस्ता देशले ऋण लिएर विकास निर्माणमा खर्च गर्दा नेपालले पनि विकास निर्माणको लागि खर्च गर्दा कुनै समस्या नहुने बताउनुभयो । राज्यले रेलमार्ग, ठुला पूर्वाधारका आयोजना बनाउने हो भने ऋण लिन डराउन नहुने बताउनुभयो । कार्यक्रममा उहाँले आगामी आवको लागि बजेटमा उल्लेख भएका कार्ययोजना कार्यान्वयन गर्नको लागि अर्थ मन्त्रालयमा जानकारी गराएको बताउनुभयो ।
उहाँले चालु आवमा काठमाडौंमा धेरै पुल लगायतका भौतिक पूर्वाधार निर्माण गरेको जानकरी गराउनुभयो ।

उहाँले चालु आवको बजेटमा अहिलेसम्म ४४ प्रतिशत खर्च भएको उहाँको भनाइ छ । लकडाउन सहज हुने हो भने ५० प्रतिशत कट्ने उहाँको आंकलन छ ।

मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले यो वर्ष ५० र अर्को वर्ष १०० वटा विद्युतीय बस किन्ने सरकारको तयारी रहेको बताउनुभयो । उहाँका अनुसार एकै पटक धेरै बस किन्दा चार्जको कारण चाँडै पुुरानो हुने गरेका कारण अलि अलि गरेर किन्न लागेको बताउनुभयो ।

उहाँले नेपाल र भारतको बोर्डर खुुलेको २० दिनमा रेल चल्ने बताउनुभयो । कर्मचारीलाई १० दिन भारतीय आएर तालिम दिएपनि चल्न समस्या नहुने बताउनुभयो ।

उहाँले चैतदेखि भएको कामको भुक्तानी असारमा मात्रै दिने भएका कारण असारमा मात्रै बजेट खर्च भएको जस्तो देखिएको बताउनुभयो । मन्त्रालयले चैत देखी भएको कामको पैसा रोकेर राखेको र चैतमा गरेको कामको निकासी दिन ७ अर्ब निकासी अर्थमा मागेको बताउनुभयो ।

वि.सं.२०७८ जेठ १९ बुधवार १७:०४ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...