back
NMB ad

तत्काल १० हजार खोप उपलब्ध नभए जुनसुकै बेला पेट्रोलियम कारोबार बन्द हुन्छः एशोसिएशन

Kumari bank ad

काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले माग अनुसारको खोप शिघ्र उपलब्ध गराई दिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको छ ।

एक विज्ञप्ति निकाल्दे कोरोना महामारीले विश्व आक्रान्त बनेको बेलामा पनि अत्यावश्यक सेवालाई सुचारु गर्न अग्रपंक्तिमा रही कार्य गर्ने पेट्रोलियम व्यवासयीहरुलाई शिघ्रा खोप उपलब्ध गराउन माग गरेको हो ।

विभिन्न मितिमा खोप माग गर्दा पनि उपलब्ध हुन नसक्दा व्यवसाय नियमित रुपमा संचालन गर्न कठिनाई भएको एशोसिएशनले जनाएको छ ।

एशोसिएशनले नेपाल आयल निगम र सम्वन्धित बाणिजय तथा आपूर्ति मन्त्रालयमार्फत खोप उपलब्ध गराउनका लागि गत फागुन ७ गते, वैशाख १७ र जेठ १३ गते लगातार पत्रचार गरेको र विभिन्न प्रदेशा अन्तर्गत संचालनमा रहेका पेट्रोल पम्पहरुको संचालक,  कर्मचारी तथा फर्ममा रहेका टैंकलरीहरुका चालक/सहचालकहरु समेतको विवरण उल्लेख गरी खोप माग गरिएको र वाणिज्य मन्त्रालयले सोही अनुसार विवरण सहित स्वास्थ्य मन्त्रालयमा पठाईसकेपनि हालसम्म यस क्षेत्रलाई खोप उपलब्ध हुन नसकेको विज्ञप्तिमा उल्लेख छ ।

एशोसिएशनले १० हजार ३४६ कोभिड खोपको आवश्यक रहेको जनाएको छ । खोप उलब्ध हुन नसक्ने हो भने पेट्रोलियम कारोबार खुल्ला गर्न नसकिने अवस्था रहेको विज्ञप्ति मार्फत बताइएको छ ।

दिनानुदिन यस क्षेत्रमा कोरोना संक्रमित बढीरहेकाले जुनसुकै समयमा कारोबार बन्द हुन सक्ने भएकाले माग अनुसारको खोप उपलब्ध गराउनका लागि अनुरोध गरेको छ ।

पेट्रोलियमको कारोबार क्षेत्रमा कोरोनाका कारण हालसम्म देशभर ११ जनाले ज्यान गुमाएका छन् । करिब १ हजार २सय संक्रमित र संक्रिय संक्रमितको संख्या १६८ रहेको बताइएको छ ।

वि.सं.२०७८ जेठ २३ आइतवार १४:०३ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...