back
NMB ad

सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने सरकारको तयारी : स्वास्थ्य मन्त्री तामाङ

Kumari bank ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङले सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने गरी मन्त्रालयले काम गर्ने बताउनु भएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो ।

बीमाको माध्यमबाट जनतालाई निशुल्क उपचार गर्ने तर्फ सरकारको तयारी रहेको मन्त्री तामाङको भनाइ छ । उहाँले यसको लागि स्वास्थ्य बीमा प्रभावकारी हुने भएपनि अहिले त्यसो हुन नसकेको दाबी गर्नु भयो । उहाँका अनुसार अहिले स्वास्थ्य बीमा प्रभावकारी नभएको भन्दै अब प्रभावकारी बनाउने तर्फ सरकारको तयारी रहेको छ । बीमालाई पुनसंरचना गर्ने र यसको बारेमा अध्ययन पनि गरिने उहाँको भनाइ छ ।

कोरोना विरुद्ध लडने र कोरोनाबाट सबै जनतालाई मुक्त गर्ने आफ्नो योजना रहेको मन्त्री तामाङले बताउनुभयो । कोरोनाको तेस्रो लहरमा बालबालिकालाई असर पर्ने भनेर सरकारले त्यसको तयारी सुरु गरेको उहाँको भनाइ छ । त्यसको लागि सरकारले सातै प्रदेशमा आईसीयू बनाउने तयारी भइरहको पनि जानकारी गराउनुभयो ।

सबै सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पती विवरण सार्वजनिक गर्नुपर्ने भन्दै मन्त्री तामाङले आजै आफ्नो सम्पती विवरण सार्वजनिक गर्नुभएको छ ।

वि.सं.२०७८ जेठ २४ सोमवार १६:४० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...