काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ हजार ७६८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालबाट उक्त संख्यामा निको भएका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जना कोरोना संक्रमित थपिएका छन् ।
१२ हाजर ७४ जनाको पीसीआर परीक्षणबाट ३ हजार ४४९ र ४ हजार ५६४ एन्टिजेन परीक्षणमा ८९५ जना गरी ४ हजार ३४४ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
थप ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
वि.सं.२०७८ जेठ २६ बुधवार १६:४१ मा प्रकाशित