काठमडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमाशुल्क भुक्तानीको बिलम्ब शुल्कमा छुट दिने व्यवस्था गरेको छ । कम्पनीले एक सूचना निकाल्दै विभिन्न अवधिको बिलम्ब शुल्कमा छुट दिने घोषणा गरेको छ ।
असार मसान्त भित्र बीमाशुल्क किस्ता तिर्ने बीमितलाई कम्पनीले आजेदेखि (जेठ २७ गते) लागू हुनेगरि बीमा शुल्क तिर्दा लाग्ने बिलम्ब शुल्कमा छुट दिने व्यवस्था गरेको हो ।
जसअनुसार कम्पनीले ३ महिनासम्म बीमालेख व्यतित अवधि रहेका बीलम्ब शुल्कमा शतप्रतिशत छुट, तीन महिनाभन्दा माथिदेखि ६ महिनासम्म ७५ प्रतिशत र ६ महिना भन्दा माथि ५० प्रतिशत छुट हुने छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण देशका धेरै जिल्लाहरु जारी निषेधाज्ञाले बैंकका शाखाहरु संचालन नभएपछि समयमा किस्ता तिर्न नसकेकाले बीमीतको समस्यालाई विचार गरि यस्तो व्यवस्था गरेको हो ।
वि.सं.२०७८ जेठ २७ बिहीवार ११:५२ मा प्रकाशित