back
NMB ad

व्यवसायीको एकै स्वरः करको दायरा बढाउन हामी सहयोग गर्छौँ

Kumari bank ad

काठमाडौँ । व्यवसायीहरुले काठमाडौँ महानगरपालिकालाई करको दायरा बढाउन सहयोग गर्ने बताएका छन् । आर्थिक बर्ष २०७८÷०७९ को बार्षिक बजेट नीति तथा कार्यक्रम तयारीका सन्दर्भमा राजस्व परामर्श समितिका संयोजक एवं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा व्यवसायीले यस्तो बताएका हुन् ।

महानगरको समृद्धिमा व्यवसायीहरुको साथलाई सँगै लिएर जाने महानगरको सोच रहेको खड्गीको भनाइ छ । ‘अहिलेको विषम परिस्थितिमा राजस्वका दरमाभन्दा दायरामा हाम्रो दृष्टि छ’ खड्गीले भन्नुभयो, ‘तपाईँहरुको सहयोगबाट हामीले राजस्व संकलनको लक्ष्य प्राप्त गर्न सक्छौँ । राजस्व उठाउन सरकारले व्यवसायी खोज्दै जाने, व्यवसायी छल्दै जाने होइन । व्यवसायीका समस्या सरकारले समाधान गर्ने र व्यवसायीले कर तिर्ने हो । यसमा आफ्नो आफ्नो भूमिका निर्वाह गरौँ ।’

बैठकमा मुख्यगरी महानगर क्षेत्रभित्रका बस्तुगत र सेवागत व्यवसायको सञ्चालन, सञ्चालकको मनोविज्ञान, व्यवसाय दर्ता र नविकरण प्रक्रिया जस्ता बुँदामा छलफल गरी दायरा बढाउने विषयमा छलफल गरिएको थियो । काठमाडौँमा उत्पादन हुने बस्तुसँग सम्बन्धित र उत्पादन नहुने व्यापारसँग सम्बन्धित विषयलाई अलग राखेर हेरिनुपर्ने व्यवसायीहरुको धारणा छ ।

अटो वर्कसपजस्ता व्यवसायलाई सहरबाहिर धपाउने गरेको, व्यवसायिक क्षेत्र नतोक्दा बहालमा व्यवसायीमाथि धेरै भार रहेको, व्यवसायीको भनाइ छ । कर तिर्ने र नतिर्ने व्यवसायीका बिचको अन्तर महानगरले भनिदिनुपर्ने र यसले नियमित करदाताको हतोत्साह हुन नदिन् सबैको आग्रह रहेको छ । करको दायरामा नआएकालाई करको दायरामा ल्याउन व्यवसायीहरुले आग्रह गरेका छन् ।

राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीका अनुसार महानगरभित्रका व्यवसायलाई करीब ३ सय प्रकारमा बर्गीकरण गरेर व्यवसाय कर लगाउन प्रस्ताव तयार गरिएको छ । व्यवसाय गर्ने व्यवसायीका करीव ४० वटा संघ महासंघहरुसँग नियमित छलफल गरेर प्रस्ताव तयार पारिएको हो ।

व्यवसायीले यसअघि भोगेका समस्या र असमानतालाई व्यवस्थापन गर्ने गरी आगामी बर्षका नीति कार्यक्रम र योजना तयार पार्ने क्रममा छौँ । अधिकारीले छलफलका विषयमा स्पष्ट पार्दै भन्नुभयो, सरकारले कर निर्धारण गर्दा करदाताहरुसँग छलफल गर्नु पर्ने सामान्य सिद्धान्त हो । यो सिद्धान्तलाई हामीले अङ्गीकार गरेका छौँ । छलफलबाट आएका सुझावलाई नीति तथा कार्यक्रम र बार्षिक कार्यक्रम तर्जुमाका लागि पठाइने अधिकारीको भनाइ छ ।

वि.सं.२०७८ जेठ २७ बिहीवार १९:२२ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...