back
NMB ad

सरकारको पहिलो प्राथमिकता सबै नेपालीलाई खोप : शिक्षामन्त्री श्रेष्ठ

Kumari bank ad

कठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकका सबै नागरिकलाई कोरोनाबिरुद्धको खोप पुर्याउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

काठमाडौैंको क्षेत्रपाटीस्थित निःशुल्क चिकित्सालयमा सुरु गरिएको कोभिड अस्पतालको निरिक्षण गर्दै मन्त्री श्रेष्ठले बिभिन्न देशबाट खोप आउने क्रम जारी रहेकाले सबै नागरिकलाई खोपको पहुँचमा पुर्याइने बताउनुभएको हो ।

राष्ट्रपतिले अन्य देशका समकक्षीहरुसंग खोपको अपिल गरेको र खोपका साथै स्वास्थ्य सामाग्री आइरहेको जानकारी गराउनु भयो । उहाँले नेपालमा भित्रिएका स्वास्थ्य सामाग्री कोरोना नियन्त्रण र रोकथाका लागि प्रयोग गरिने बताउनु भयो । उहाँले क्षेत्रपाटीस्थित निःशुल्क चिकित्सालयमा कोरोना संक्रमितको उपचारका लागि कुनै स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।

चिकित्सालयमा भेन्टिलेटरसहित ३५ बेडको कोभिड अस्पताल सञ्चालन गरिएको हो । निरिक्षणका क्रममा अस्पतालका पदाधिकारीले कोरोना उपचारका लागि देखिएको समस्याका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए । राजधानीको क्षेत्रपाटीस्थित निःशुल्क चिकित्सालयको लागि स्वास्थ्य सामग्री उपलब्ध गराउनदेखि आवश्यक सहयोग गर्न सरकार तत्पर रहेको जानकारी गराउनु भयो ।

मन्त्री श्रेष्ठले विदेशबाट आएको स्वास्थ्य सामग्री पाउने सरकारको सूचीमा चिकित्सालयको नाम पनि रहेको जानकारी दिनुभयो । ‘चिकित्सालयले स्थापना गर्न लागेको अक्सिजन प्लान्ट लगायत अन्य पूर्वाधारमा सघाउन मैलै स्वास्थ्य मन्त्री शेरबहादुर तामाङलाई पनि भनेको छु । समय मिलाएर स्वास्थ्य मन्त्री पनि अवलोकन भ्रमणमा आउने कुरो भएको छ’ उहाँले भन्नुभयो ‘चिकित्सालयबाट प्रवाह हुने स्वास्थ्य सेवाको गुणस्तर बढाउन सरकारले सक्दो काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

काठमाडौं महानगरपालिकाको सहयोगमा अस्पतालले ३५  शैयाको कोरोना वार्ड सञ्चालन गरिरहेको र यसले अहिलेको महामारीमा जनताको जीवन बचाउन राज्यका सबै निकाय, संघसंस्था सहकार्य गरी अघि बढ्नुपर्ने बताउनु भयो ।

त्यस अवसरमा चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले महानगरपालिका लगायत सबैको साथ र सहयोग पाएर अस्पतालले कोरोना महामारीको समयमा जनतालाई सहज र सर्वसुलभ रुपमा स्वास्थ्य प्रदान गर्न सकेको बताउनुभयो ।

संक्रमणको जोखिम तीब्र रहेको बेला एकातिर सरकारी अस्पतालमा बेड, अक्सिजन नपाएर मानिसहरु निकै कष्ट व्यहोर्नु परेको र अर्कोतिर निजी अस्पतालमा अति महंगो शुल्कले गर्दा स्वास्थ्य सेवा नपाएको अवस्थामा चिकित्सालयले सहज रुपमा सेवा प्रदान गरी धेरैको ज्यान बचाउन सफल भएको पनि डा. श्रेष्ठको भनाई रहेको छ ।

अस्पतालको सेवा प्रवाहलाई अझ गुणस्तर र चुस्त बनाउन अक्सिजन प्लान्ट बनाउने, पूर्वाधार बनाउने याजना कार्यान्वयन गर्ने चरणमा रहेको जनाउदै उहाँले उक्त कार्यको लागि सरकारले यथासक्य सहयोग गर्न माग गर्नुभयो । महानगरपालिकासंग सहकार्य गरेर स्वास्थ्य सेवालाई अझ जनमुखी बनाउने काम भइरहेको बताउँदै अध्यक्ष श्रेष्ठले उक्त कार्यमा केन्द्र सरकारको पनि सहयोगको अपेक्षा रहेको जनकारी गराउनु भयो ।

वि.सं.२०७८ जेठ ३० आइतवार ०९:४७ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...