काठमाडौं । भोलि सोमबार एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ ।
कम्पनीले जेठ १७ गतेदेखि लिलामीमा बिक्री खुला गरेको ६० हजार ४१८ कित्ता सेयरमा भोलि बैंकिङ समयसम्म आवेदन दिन सकिने छ ।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५७२ रुपैयाँ तोकिएको छ । आवेदक ले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ । कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।
उक्त सेयर खरीदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्याक्ति, कम्पनी, संघ संस्थाहरुले न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
वि.सं.२०७८ जेठ ३० आइतवार १२:५८ मा प्रकाशित